दाङ । सामुदायिक वन क्षेत्र अतिक्रमण गरी खेतीपाती गर्दै आएको करिब ५ कठ्ठा जग्गा डिभिजन वन कार्यालय दाङले आज शनिवार खाली गराएको छ ।
घोराही उपमहानगरपालिका वडा नं ५ धर्नाको बसन्तपुर सामुदायिक वन क्षेत्र अतिक्रमण गरी लगाएको मकै खेती खाली गराएको हाे । अतिक्रमित वन क्षेत्र खाली गराइ त्याे ठाउँमा आजै वृक्षारोपण पनि गरिएको छ । स्थानीय खिमबहादुर सार्कीले सामुदायिक वन क्षेत्र अतिक्रमण गरी खेतपाती गरेका थिए । अहिले त्यहाँ ५० वटा खयरका बिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङका निमित्त प्रमुख भक्तबहादुर चौधरीले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय दाङका निमित्त प्रमुख भक्तबहादुर चौधरीको नेतृत्वमा सहायक वन अधिकृतहरु राजेन्द्र श्रेष्ठ, विष्णुप्रसाद लामिछाने, सिद्धान्त बराल सहित गएको वन रक्षकहरुको टोलीले अतिक्रमित वन क्षेत्र खाली गराइ बिरुवा राेपेको हो ।
18.17¡ÆC