काठमाडौँ । कर्णालीका चार एमाले सांसद पदमुक्त भएका छन् । पदमुक्त हुने सांसदमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा र कुर्मराज शाही र नन्दसिंह बुढा छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले केपी शर्मा ओलीले दिएको भ्याकेट निवेदनमा सुनुवाइ गर्दै यसअघिकाे अन्तरिममा आदेश खारेज गरेको हाे । याेसँगै कर्णाली एमालेका चार सांसद पदमुक्त भएका हुन् ।
यसअघि सर्वोच्च अदालतले माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई एमालेको ह्वीप उल्लंघन गरेर विश्वासको मत दिने चार सांसदलाई दसौं महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नसक्ने भन्ने अन्तरिम आदेश जारी गरेको थियो ।
19.12¡ÆC