यौन दुव्यर्वहार आरोपमा जापानमा नेपाली पक्राउ, आरोप अस्विकार

असार २, २०७३ मा प्रकाशित | 1432 views

२ असार, टोकियो ।
जापानी प्रहरीले जापानी युवतीको उजुरीको आधारमा एक नेपाली पुरुषलाई यौन दुव्र्यवहार आरोपमा पक्राउ गरेको छ ।

राजधानी टोकियोको कोतोकुमा यौन दुव्यर्वहार गरेको भन्दै प्रहरीमा उजुरी दिएको आधारमा हरिकृष्ण नामका नेपाली पक्राउ परेका हुन् ।

४६ बर्षका भनिएका पक्राउ परेका नेपाली पुरुषले भने आरोप अस्विकार गरेका छन् । नेपाली खानाको रेष्टुरेण्टमा राती सबै ग्राहक गएपछि आफुलाई हातपात गरेको युवतीले आरोप लगाएपनि पक्राउ परेका पुरुषले आरोप अस्विकार गरेका छन् ।

आफुले कुरा गरेर जिस्कने क्रममा समातेको मात्र कुनै हातपात नगरेको प्रहरीलाई जवाफ दिएका छन् ।

घटनास्थल तथा प्रहरी नियन्त्रणमा समेत एकैखाले बयान दिएका उनलाई प्रहरीले पक्राउ गरेको छ भने युवतीलाई राखेर अनुसन्धान गरिरहेको र घटना पुष्टि नभइसकेको प्रहरीले बताएको छ ।

प्रहरीले रेष्टुरेण्टमा काम गर्ने अन्य कर्मचारीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web