पत्रकार शक्तिमाया तामाङ सम्मानित

साउन १५, २०७८ मा प्रकाशित | 479 views

त्रिशुली । नुवाकोटमा क्रियाशील पत्रकार शक्तिमाया तामाङ सम्मानित हुनुभएको छ ।
रेडियो चिम्टेश्वर र रेडियो बागमतिको सञ्चालक समितिको सदस्य एंव अन्तराष्ट्रिय समाचार सँस्था बिबिसी नेपाली सेवाको नुवाकोट–रसुवा र धादिङ संवाददाता शक्तिमायाँ तामाङलाई आज विदुरमा कृष्णमाया लिलानाथ स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । पूर्वस्वास्थ तथा शिक्षामन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पत्रकार शक्तिमायाँ तामाङलाई नगद २५ हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गर्नुभएको हो ।
नुवाकोटमा एक दशकदेखि पत्रकारिता पेसामा सक्रिय रहनुभएका उहाँले कोरोना संक्रमणको जोखिमको समयमा पनि सक्रिय रुपमा खोजमूलक सहित जनचेतनामूलक सन्देश बिबिसी नेपाली सेवा मार्फत प्रशारण गरेर पुराएको योगदानको सम्मान स्वारुप ‘कृष्णमाया लिलानाथ स्मृति पुरस्कार”बाट सम्मान गरिएको हो ।
नुवाकोटको म्यागङ गाउँपालिका वडा नं. ६ पनेरा निवासी पत्रकार शक्तिमाया तामाङ यसअघि “तामाङ मिडिया अवार्ड”, महिला पत्रकारिता पुरस्कार”, लोकप्रिय सहकारी सँस्था मार्फत जिल्लाको उत्कृष्ट पत्रकार लगायतबाट सम्माति भैसक्नुभएको थियो ।
नेपाल आदिवासी जनजाति पत्रकार संघ नुवाकोट अध्यक्ष र तामाङ पत्रकार संघ नुवाकोटको जिल्ला अध्यक्ष समेत रहनुभएका पत्रकार शक्तिमायाँ तामाङलाई उत्तरगया दैनिकको तर्फबाट आज सम्मान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web