नेपालमा कोरोनाको डेल्टा भेरियन्टमा उत्परिवर्तन फेला

साउन १२, २०७८ मा प्रकाशित | 449 views

काठमाडौँ । नेपालमा कोरोना भाइरसको डेल्टा भेरियन्टमा उत्परिवर्तन फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतको दिल्ली पठाएर ४७ वटा नमुनाको परीक्षण गरेकोमा तीन वटा नमुनामा डेल्टा भेरियन्टमा उत्परिवर्तन भेटिएको हो । जसलाई ‘ए वाई वान’ नाम दिइएको मन्त्रालयले जनाएको छ ।

उत्परिवर्तन भएको यो भेरियन्टलाई डेल्टा प्लस नामले चिनिने गरेको छ । नेपालमा अहिलेसम्म अल्फा र डेल्टा भेरियन्ट तथा भेरियन्ट अफ इन्ट्रेस्टकाे रूपमा कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्टहरू सबै उमेर समूहका व्यक्तिलाई असर गर्ने अध्ययनले देखाएको मन्त्रालयले जनाएको छ ।

नयाँ ‘म्युटेन्ट’ सँगै तेस्रो लहरको चुनौतीलाई थप बल पुर्‍याएकाले सावधानीका उपायहरू अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web