नागरिक लगानी कोष र नेवैली वीच बैकको केन्द्र्रिय खातामा सिधै रकम जम्मा हुने सम्झौता

असार १, २०७३ मा प्रकाशित | 963 views

काठमाडौं,असार १ । नागरिक लगानी कोष र नेपाल बैंक लिमिटेड (नेवैली) वीच कोषको रकम बैकको केन्द्रिय खातामा एविविएस मार्फत सिधै जम्मा हुने सम्बन्धी सम्झौता भएको छ । बैकका सबै कार्यालयबाट एविविएस मार्फत रकम संकलन तथा ट्रान्सफरका कार्यलाई अझ बढि सरल र सुविधायुक्त बनाउने उद्देश्यले दुई संस्थावीच बुधबार सम्झौता भएको हो ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले हस्ताक्षर गरेका छन । सम्झौता आदान प्रदान कार्यक्रममा कोषका कार्यकारी निर्देशक पोखरेलले २०७३ साउन देखी कोषको रकम केन्द्रिय खातामा जम्मा हुने बताए । सो अवसरमा कोषको तर्फबाट मुख्य व्यवस्थापक सुशील कुमार अर्याल, कर्चचारी वचत वृद्धि अबकास कोष  महाशाखा प्रमुख हेमन्त पोखरेल र अधिकृत जनक राज कडेल तथा बैकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मी, नायव महाप्रवन्धक अरविन्द श्रेष्ठ , मुख्य प्रवन्धकद्वय सुरेश सेखर बज्राचार्य तथा श्याम सुन्दर कडेल सहभागी भएका थिए ।

सम्झौता अनुरुपको कार्य शुरु भएपछि नेपाल भरी बैंकका शाखाहरुमा कोषको नाममा रहेका सबै खाता बन्द गरी बांकि रहेको सम्पुर्ण रकम बैंकको बैंकिङ अफिस काठमाण्डौ स्थित कोषका सम्बन्धित खाताहरुमा बैंकले जम्मा गर्नेछ । यस्को लागि पाँचवटा खाताहरुमा निक्षेप रकम जम्मा गर्नको लागि खाताको नाम र खाता नं. उल्लेख भएको अलग अलग भौचरको व्यवस्था बैंकले गर्ने जानकारी कोषका सूचना अधिकृत उद्धव सिलवालले दिए । त्यस्ता खाताहरुमा ना.ल कोष कर्मचारी वचत वृद्वि अबकाश कोष, नाल कोष निजामती बिमा कोष, ना.ल कोष शिक्षक बिमा कोष, नाल कोष सैनिक बिमा कोष र नाल कोष नेपाल प्रहरी बिमा कोष रहने छन । यसबाट कोष र बैकको रिकसिन्लेसन तथा हिसाव मिलान कार्यमा सहजता मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web