काठमाडौं, असार १ । ललित स्मृति यू-१८ फुटबल प्रतियोगितामा संकट क्लव र नेपाल पुलिस क्लव विजयी भएका छन् । एन्फा कम्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा संकटासँग थ्री स्टार क्लव ३-२ ले पराजित भयो भने एलन थापाको ह्याट्रिकको मद्दतमा नेपाल पुलिस क्लवले सरस्वती क्लवाई ५–३ को अन्तरले हरायो । खेलमा दुई पटक पछाडि परेर पनि बराबरी गरेको थ्री स्टार अन्तिम समयको पेनाल्टीले पराजित भयो । १८ औं मिनेटमा दिपेन्द्र केसीले गरेको गोलको मद्दतमा संकटले पहिलो अग्रता लियो । तर ९ मिनेटपछि अर्जुन सिंहले थ्री स्टारका तर्फबाट बराबरी गोल फर्काए ।

३७ औं मिनेटमा संकटाका कप्तान सञ्जोक राईले डी बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई थ्री स्टारका गोलकिपरले बचाउन सकेनन् र थ्री स्टार दोश्रो पटक पछि पर्यो । तर पनि ७८ औं मिनेटमा आदित्या शाक्यले गोल गर्दै खेल बराबरी गरेका थिए । तर ८८ औं मिनेटमा कमल थापाले डी बक्समा ह्याण्ड गरेपछि संकटाले पेनाल्टी पायो । त्यो पेनाल्टीलाई गोल गर्दै सुमन डंगेलले संकटालाई जिताए ।

बुधबारकै अर्को खेलमा पुलिसका लागि थापाले ह्याट्रिक पुरा गरे भने अलन थापा र राजन गुरुङले एक एक गोल थपे । सरस्वतिका लागि ओमप्रकाश सिंहले २ तथा मिङमा शेर्पाले गोल गरे ।

एक वर्षअघि करेन्ट लागेर ज्यान गुमाएका आफ्ना तत्कालिन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले यो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको विजेता टिमले नगद ३ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

23.12¡ÆC