चीनले थप १६ लाख डोज कोरोना खोप दिने

साउन १, २०७८ मा प्रकाशित | 738 views

काठमाडौँ । चीनले कोरोना भाइरसविरुद्धको थप १६ लाख डोज खोप दिने भएको छ ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले अनुदानमा थप १६ लाख डोज खोप दिने बताएकी हुन् ।

राजदूत यान्छीको भनाइ उद्धृत गर्दै परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ महामारीविरुद्धको लडाइँमा नेपाललाई चीनको निरन्तर सहयोग रहने छ । राजदूत यान्छीले प्रधानमन्त्रीसँग नेपाललाई चीनले थप १६ लाख डोज कोभिडविरुद्ध खोप दिने निर्णय भएको जानकारी गराउनुभएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web