उपत्यकामा थप्यो १० दिन निषेधाज्ञा

असार ३१, २०७८ मा प्रकाशित | 438 views

काठमाडौँ । काठमाण्डाै उपत्यकामा लगाइएकाे निषेधाज्ञा १० दिन थपिएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले उपत्यकाको निषेधाज्ञा आउँदो साउन १० गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निर्देशनअनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै समयमा पनि सञ्चालन गर्न पाइनेछ । त्यसबाहेकका अरू पसल बेलुका ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ । रेस्टुरेन्ट तथा खाजा घरहरूले टेक अवे र होम डेलिभरी सेवा मात्रै सञ्चालन गर्न पाउने छन् ।

काठमाण्डौ उपत्यकाबाट बाहिरिने र भित्रिने लामो दुरीका सवारी साधान चलाउन नपाइने तर अत्यावश्यक काम विशेषले उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनलाई चल्न दिने प्रशासनले जनाएको छ । काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी नहुने गरी सञ्चालन गर्न पाउने यसअघिको व्यवस्था यथावत् छ ।

निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । चलचित्र हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, दर्शकसहितका खेलकुद, नित्य पूजाबाहेक मन्दिर तथा शैक्षिक संस्थामा भौतिक उपस्थितिलाई निषेध गरिएको छ ।

एउटा कोठामा २५ जनासम्म राखेर परीक्षा सञ्चालन गर्न भने पाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web