अष्ट्रेलियाको सिड्नी क्षेत्रमा दुई साता थपियो लकडाउन

असार ३१, २०७८ मा प्रकाशित | 406 views

काठमाडौँ । अष्ट्रेलियाको सिड्नी शहरलगायत क्षेत्रमा पुन: लकडाउन लम्ब्याइएको छ । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणमा नआएकोले पुन: लकडाउन लम्ब्याएको हो ।

न्यू साउथ वेल्स राज्यभर नै थप दुई साता लकडाउन थपिएको छ । न्यु साउथ वेल्स राज्यमा दोस्रो लहर सुरु भएपछि हालसम्म ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भैसकेको छ । सिड्नीकी वृद्ध महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

पछिल्लो समय न्यू साउथ वेल्समा ९७ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म यो राज्यमा ७० जना बिरामी अस्पतालमा भर्ना भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web