ललिता निवास जग्गा प्रकरण : गच्छदारको बयान सकियो, थुनछेक बहस जारी

असार ३०, २०७८ मा प्रकाशित | 402 views

काठमाडौँ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका कांग्रेस उपसभापति विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थित भएका छन् । गच्छदार बुधबार बिहान १० बजे उपस्थित भएपछि चार घण्टासम्म उनको बयान लिइएको थियो । ललिता निवास जग्गाको मुद्दा लागेपछि गच्छदार फरार थिए ।

उनको बयान सकिएपछि साढे २ बजेदेखि थुनछेक बहस सुरु भएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्कीको इजलासमा सुनुवाइ भइरहेको प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए । प्रवक्ता पाण्डेका अनुसार बुधबार नै थुनछेक बहस सकिने छ ।

२२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अहिलेसम्म केही आरोपितहरु विशेष अदालतमा उपस्थित भएर धरौटी वा तारिखमा छुटेका छन् भने केही थुनामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web