उदयपुरमा चट्याङ लागेर दुईको मृत्यु

असार ३०, २०७८ मा प्रकाशित | 372 views

उदयपुर । वर्षातसँगै परेको चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका–३ मुसहरीमा मंगलबार साँझ दुईजनाको मृत्यु भएको छ ।

चट्याङले लागेर स्थानीय ३९ वर्षीया ललिता सदा र ४० वर्षीया फूलकुमारी सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए ।

घर नजिकै खेतमा काम गरी उनीहरुलाई चट्याङले लागेर गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनीहरुको जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको डीएसपी गौतमले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web