त्रिशूली । जिल्ला सहकारी संघ नुवाकोटको पहलमा त्रिशूली अस्पताल नुवाकोटको लागी यही जेठ १८ गते पाच थान विद्युतीय आईसीयू बेड र बिरामी मोनिटर गर्ने उपकरण प्रदान गरिएको छ । सहकारी सँस्थाहरुले सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तर्गत त्रिशुली अस्पताललाई विद्युतीय आईसीयू बेड र बिरामी मोनिटर गर्ने उपकरण सयुक्त रुपमा हस्तान्तरण गरिएको संघका सचिव प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार कोरोना रोगबाट सक्रमित भएका बिरामीको उपचार सेवा प्रभावकारी बनाई श्ययाको अभाव हुन नदिनको लागी सहयोग सामाग्रि हस्तान्तरण गरिएको हो ।

कोरोना सक्रमित बिरामीको चाप उच्च भएसगैँ आईसियुमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई बेडको अभाव भइरहेको समयमा सहकारीहरुको तर्फबाट पाच थान बिरामी मोनिटर गर्ने उपकरण सहित विद्युतीय आईसीयू बेड उपलब्ध गराइएको हो ।

नुवाकोटमा रहेका बचत तथा ऋणको सेवा पुराउदै आएका सहकारीहरुको छाता सँस्था जिल्ला सहकारी संघ नुवाकोट सहित विदुर नगरपालिका भित्र सञ्चालित नुवाकोट बचत तथा ऋण सहकारी सँस्था, त्रिशुली बचत तथा ऋण सहकारी सँस्था, संगम बचत तथा ऋण सहकारी सँस्था र संगम सहकारीको समन्वयमा ‘नेपाली इन ओकायामा जापान’ नामक सँस्थाले सयुक्त रुपमा पाँच थान आईसीयू बेड उपलब्ध गराएका छन् ।

जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेको अनुसार अस्पताललाई औपचारिक रुपमा हस्तान्तरण गरिएको बिरामी मोनिटर गर्ने उपकरण सहित विद्युतीय आईसीयू बेडको शुल्क कुल रु.१८ लाख परेको छ ।

अस्पतालको लागी पाँच थान आईसीयू बेड र बिरामी मोनिटर गर्ने उपकरण प्राप्त भएगगैँ कोरोना रोगबाट सिकिस्त भएका बिरामीको उपचारको लागी महत्वपूर्ण सहयोग पुग्ने अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

उहाँको अनुसार त्रिशूली अस्पताल नुवाकोटमा गत पुस ६ गतेदेखि छ बेडको आईसियु र चार बेडको एचडियु सहित दुईथान भेन्टिलेटर राखेर सेवा सुरु गरिएकोमा हाल आईसियु श्यया ११ पुगेको छ भने भेन्टिलेटर छ थान जडान गरिएको छ ।

त्रिशूली अस्पताल नुवाकोटले जिल्लाबासी सहित रसुवा र धादिङका कोभिड तथा नन्कोभिड बिरामीलाई समेत सेवा दिदै आएको छ । कोरोना जाँच गर्न अस्पतालको आफ्नै आरटीपिसिआर प्रयोगशाला, अक्सिजन प्लाण्ट, आईसियु, एचडियु र भेण्टिलेटर उपकरणको साथमा सुविधासम्पन्न भवन भएसगैँ सेवा प्रवाह उत्कृष्ट बन्दै गएको छ ।

17.46¡ÆC