विदुर । कोरोना रोग विरुद्धको दोश्रो चरणको खोप अभियान अन्तरगत नुवाकोटमा मंगलबार तेश्रो दिन एक हजार तीन सय भन्दा बढी ज्येष्ठ नागरिकले लगाएका छन् ।

नुवाकोटमा यही फागुन २३ गतेदेखि जिल्लाको पाचवटा पालिकाहरु दुप्चेश्वर, सूर्यगढी, तादी, ककनी र लिखु गाउँपालिकामा चलिरहेको खोप कार्यक्रममा मंगलबार तेश्रो दिन एक हजार ३०८ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार पहिलो दिन २३ गते आइतबार एक हजार २८० जना, दोश्रो दिन सोमबार हजार १३१ जनाले खोप लगाएकोमा तेश्रो दिन थप केही बढी सङ्ख्याले खोप लगाएका छन् । अहिलेसम्म नुवाकोटमा कोरोना रोग विरुद्धको खोप लगाउनेको सङ्ख्या ७ हजार ६०५ जना पुगेको छ ।

अहिले चलिरहेको पाच पालिकाहरुमा २७ गते बिहीबारसम्म खोप कार्यक्रम चल्ने छ भने बाँकी रहेका सातवटा पालिकाहरुमा यसअघि बालबालिकाहरुको नियमित खोप कार्यक्रम चलिरहेको कारण बुधबार २६ गतेदेखि खोप लगाउन सुरु गर्न लागिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।

जारी रहेको दोश्रो चरणको कोरानो रोग विरुद्धको खोप अभियानमा ६५ वर्षभन्दा माथीका उमेर समूहका व्यक्तिलाई मात्रै समावेश गरेर खोप दिन केन्द्रबाट निर्देशन आएपनि नुवाकोटमा भने यसअघिकै घोषणा अनुसार ५५ वर्ष माथीकालाई समेत समावेश गरिएको छ ।

17.28¡ÆC