विदुर । पछिल्लो २४ घण्टामा नेपालमा ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नुवाकोटमा पछिल्लो एक सातादेखि थप सक्रमण नदखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । अहिले नुवाकोटमा सक्रिय सक्रमितको सङ्ख्या ३ जना मात्रै रहेका छन् । विदुर र बेलकोटगढी नगरपालिका एंव शिवपुरी गाउँपालिकाकामा एक–एकजना गरेर जिल्लामा तीन जनामात्रै सक्रमित रहेको र उनीहरुको अबसथा सामान्य रहेको छ ।

यसैगरी हिजो आइतबार ५८ जना संक्रमित निको भएर घर फर्किएका छन् योसँगै अहिलेसम्म नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ८८६ पुगेको छ । मुलुकभर ८२५ जना संक्रमित आइशोलेसनमा रहेका छन् भने ५३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा २१ लाख ९२ हजार ८३६ जनाको नमस्ना संकलन गरेर ती व्यक्तिमा रोग भए नभएको भनेर पीसीआर परीक्षण गरिएको छ ।

21.56¡ÆC