२६६ जनामा कोरोना संक्रमण, पाच जनाको मृत्यु

माघ ५, २०७७ मा प्रकाशित | 542 views

विदुर । पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म नेपालमा २ लाख ६७ हजार ३ सय २२ संक्रमितको संख्या पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४ सय ४४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ३ हजार ९ सय १९ छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट २० लाख १२ हजार भन्दाबढीको नमूना परीक्षणहरु गरिएको छ भने क्वारेन्टाइनमा बस्नेको सङ्ख्या अहिले २२१ जना रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा उपचार गराउदै आएका ५ जनाको मृत्यु भएको छ । यो सँगै अहिलेसम्म कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार ९५९ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web