एजेन्सी,जेठ ३१ । डिफेण्डिङ च्याम्पियन स्पेनले युरो कप २०१६ मा विजयी सुरुवात गरेको छ । समूह डी अन्तरगत सोमबार भएको खेलमा चेक रिपब्लिकलाई १–० गोल अन्तरले हराँउदै स्पेनले विजयी सुरुवात गरेको हो । स्पेनलाई जिताउन खेलको ८७ औँ मिनेटमा आन्द्रे इनिष्टाले गोल गरे । को क्रसमा पिकेले हेड मार्फत गोल गर्दै जित दिलाएका हुन् । माराटा, जोर्डी अल्बा र डेभिड सिल्भाले मौका पाए पनि गोल गर्न सकेनन् ।

स्पेन

गोलः जेरार्ड पिके ८७ मिनेट

बल पोजिसनः ७२

कर्नरः १४

चेक रिपब्लिक

बल पोजिसनः २८

कर्नरः ३

दशौं पटक युरोकप खेलिरहेको स्पेनले यसअघि नै तीन पटक उपाधि जितिसकेको छ । सन् १९६४ मा पहिलो पटक युरो कप जितेको स्पेनले २००८ र २०१२ मा लगातार दुईपटक च्याम्पियनसिप उपाधि जित्ने कीर्तिमान समेत बनायो ।

25.12¡ÆC