विदुर । विश्वका विभिन्न कोरोना विरुद्धको खोपको उत्पादन बढेसँग नेपालमा खोपको भण्डारण क्षमता विस्तार तथा खोप केन्द्रहरुलाई तयारी अबस्थामा राख्ने देखि कर्मचारी परिचालनको कामलाई तीव्रता दिइएको छ ।

आगामी फागनुसम्ममा खोप ल्याउन सक्ने संकेत देखिएपछि नेपालमा रहेका १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारले तयारी गरेको हो । नीतिगत र कानुनी जटिलता फुकाइसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रम प्रभावकारी बनाउन पाँच हजार कर्मचारी र ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने अन्तिम तयारीमा रहेको छ ।

स्वास्थ्य मन्त्रालयका खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले एकदेखि आठ डिग्री सेल्सियसमा एक करोड ७० लाख खोपको भाइल भण्डारण गर्न सकिने पूर्वाधारको विकास भैसकेको बताउनुभयो ।

नेपाल सरकारले भारत, चीन, अरब र रसियामा कोरोनाको खोप बनाइरहेका कम्पनीसँग सम्पर्क गरिरहेकाले नेपाल सरकारले फागुनसम्म खोप ल्याउनेमा आशा देखाएको छ ।

16.03¡ÆC