निर्वाचनको तयारीमा गृह, तयार भयो चुनावी चुनौतीको खाका

पुस २९, २०७७ मा प्रकाशित | 2977 views

<p><b>विदुर । सुरक्षा निकायहरूले आगामी वैशाख १७ र २७ गते घोषणा गरिएको प्रतिनिधिसभाको मध्यवति निर्वाचन लक्षित सुरक्षा रणनीति तयार गरेका छन् । बजेट र आवश्यक उपकरणको प्रारम्भिक खाका समेत निर्माण गरिएको छ ।&nbsp;<br></b></p><p><b>गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा अर्थमन्त्री विष्णु पौडेल, गृह सचिव महेश्वर न्यौपाने, अर्थ सचिव शिशिर ढुंगाना सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी बैठकमा यसअघि गठित निर्वाचन सुरक्षा तथा तयारी समितिका तर्फबाट तयार पारिएको खाका पेस गरिएको हो ।</b></p><p><b>गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाको संयोजकत्वमा गृहमन्त्री थापाले चारवटै सुरक्षा निकायका अधिकारी सम्मिलित समिति पुस १४ मा गठन गरेका थिए । समितिले निर्वाचन सुरक्षा, मतदानस्थल, जोखिम मूल्यांकन, विगतका निर्वाचन सुरक्षा रणनीति समीक्षा लगायतलाई आधार मानेर सुरक्षा रणनीतिको अन्तिम रूप दिने जनाईएको छ ।&nbsp;</b></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web