नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटमा कान्तिबाल अस्पतालको सेवा उपलब्ध गराउनको लागी सम्झौता भएको छ । संघीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मूनिका आधारभुत तहका अस्पतालमा विशेषज्ञ सेवा दिनुपर्ने ‘स्याटेलाइट क्लिनिक सञ्चालन सम्वन्धी कार्यविधि’ अनुसार त्रिशूली अस्पतालमा कान्तिबाल अस्पतालको सेवा उपलब्ध गराउन लागिएको हो । त्रिशूली अस्पतालमा हरेक मंगलबार कान्तिबाल अस्पतालको विशेषज्ञ सेवा उपलब्ध गराउनको लागी दुई अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

त्रिशूली अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेण्ट डा.सुनिता केसी र कान्तिबाल अस्पतालको तर्फबाट निर्देशक डा.कृष्णप्रसाद पौडेलले आगामी असार मसान्तसम्मको लागी विशेषज्ञ र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौतापत्रमा हस्ताक्षर भएसगैँ सहमति कार्यान्वयनमा आएको उल्लेख गरिएको छ ।

संघीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले स्याटेलाइट क्लिनिक सञ्चालन गरी विशेषज्ञ सेवा दिनुपर्ने कार्यविधि गएको साता स्वीकृत भएसगैँ त्रिशूली अस्पतालले बालबालिकाको लागी आधारभूत तथा विशेषज्ञ सेवा उपलब्ध गराउन कान्तिबाल अस्पतालसंग सम्झौता गरिएको अस्पताललका मेडिकल सुपरिटेन्डेण्ट एंव प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. केसीले जानकारी दिनुभयो । उहाँको अनुसार अबदेखि हरेक साताको सार्वजनिक बिदाको दिन बाहेक मंगलबार कान्तिबाल अस्पतालको सेवा स्याटेलाइट क्लिनिक मार्फत बाल रोगसंग सम्बन्धित सेवा उपलब्ध गराइने भएको छ ।

स्याटेलाइट क्लिनिक सेवा मार्फत बालरोग सम्बन्धि सर्जरी डाक्टर सहितको चिकित्सक रहने त्यसमा मेडिकल र सर्जिकल विशेषत्र सेवा समेत उपलब्ध गराउन लागिएको कान्तिबाल अस्पतालका निर्देशक डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यहाँको अस्पतालको भौतिक पूर्वाधार सुविधासम्पन्न भएकाले उपकरण र जनशक्ति सहयोग मार्फत आगामी दिनमा त्रिशूली अस्पतालमा बाल रोगसंग सम्बन्धित समस्याको शल्यक्रिया सेवा समेत उपलब्ध गराउन कान्तिबाल अस्पताल समक्ष त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. सुनिता केसीले आग्रह गर्नुभयो ।

स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धि कार्यविधि अनुसार विभिन्न नौ वटा संघीय अस्पताल र नौ वटा प्रादेशिक अस्पताल गरेर १८ वटा अस्पतालले आफ्नो स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने गरी अस्पताल छनोट र निर्धारण गर्ने क्रममा त्रिशूली अस्पतालले बालबालिकाको स्वास्थ्य सम्बन्धि उत्कृष्ट तथा विशेषज्ञ सेवा दिदै आएको कान्ति बाल अस्पतालसंग सम्झौता गरेर सेवा उपलब्ध गराउन लागेको हो । ग्रामीण तथा दुर्गम एंव सुविधासम्पन्न अस्पतालमा सेवा लिन नागरिकको पहुँच नपुग्ने तथा आउजाउ गर्न हुदै आएको कठिनाई अन्त्य गर्न संघीय तथा प्रादेशिक अस्पतालले स्याटेलाइट क्लिनिक सेवा सञ्चालनमा ल्याउने नीति अवलम्वन गरिएको हो ।

चालु आर्थिक वर्षको बजेट बक्तव्यमा नै स्याटेलाइट क्लिनिक सञ्चालनको लागी संघीय सरकारबाटै बजेट सुनिश्चित गरिएको थियो ।

24.93¡ÆC