स्याङ्जा पहिरो : एकै घरका नौ सहित दशको मृत्यु, एकको उद्धार

अशोज ८, २०७७ मा प्रकाशित | 2392 views

तमादी, ८ असोज । वालिङ नगरपालिका १४ तमादी र कालिगण्डकी गाउँपालिका ४ मा अबिरल बर्षा सगैको पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ ।

बिहिबार बर्षासगै आएको पहिरोले तमादीमा घर पुरिदा एकै घरका नौ जनाको मृत्यु भएको हो भने पहिरोले पुरिएर घाइते एक जनाको उद्धार गरिएको हो ।

पहिरोले पुरिएर २८ बर्षिय उमाकला नेपाली, ४८ बर्षिय माया नेपाली, ३० बर्षिय दिपक नेपाली, ६० बर्षिय सोनी नेपाली, नौ बर्षिय बिबश नेपाली, १९ बर्षिय विनिदा नेपाली, २१ बर्षिय कुलदीप नेपाली, १४ बर्षिय बिक्रम नेपाली र छ महिनाको नाम नखुलेको बालकको मृत्यु भएको प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानाकारी दिनुभयो ।

घरका सबैको मृत्यु हुदाँ १६ बर्षिय मनिषा नेपालीलाई जिवीतै उद्धार गरिएको हो । घाइते मनिषाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको बताउदै अधिकारीले घाइतेको अवस्था गम्भिर रहेको बताउनुभयो । मृत्यु भएकी उमाकला दिदी मायाँको घरमा पाहुना बस्न आउदाँ पहिरोले पुरेको हो ।

मृत्यु भएको छ महिने बालक पनि कस्को हो भन्ने नखुलेको र घरमा रहेका सबैको मृत्यु सगै बालकको अभिभावकको मृत्यु समेत भएको छ ।

बेलुका खाना आएर सगै सुतेका नेपाली परिवारको एक छोरी बाहेक सबैको एकै ठाउँमा मृत्यु भएको हो । पहिरोले घर पुरेर नौ जना घरमा रहेका पुरिएपछि स्थानीय, जनपथ प्रहरी, शसस्त्र प्रहरी सहितको टोलीले उद्धार गरेको हो ।

यस्तै अविरल वर्षासगै आएको पहिरोले कालीगण्डकी गाउँपालिका ४ बिर्घा गौतमटोलमा १७ बर्षिय विष्णु परियार निधन भएको अधिकारीले बताउनुभयो । घरमा सुतिरहेको अवस्थामा घर माथिबाट खसेको पहिरोले परियारलाई पुरेको हो भने अघरका अन्यको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web