कोरोनाबाट चितवनमा एकै दिन तीन जनाको मृत्यु

भदौ १३, २०७७ मा प्रकाशित | 1149 views

भरतपुर ।  चितवनका छुट्टाछुट्टै तीन अस्पतालमा उपचार गराइरहेका कोभिड-१९ का तीन बिरामीको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुने मकवानपुर हेटौँडाकी ७१ वर्षीया महिला, चितवन भरतपुर-२ का ५१ वर्षीय पुरुष र गोरखा आँबुखैरेनी-१३ का ३८ वर्षको पुरुष रहेकाे चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

होटौडाकी महिलाको चितवन मेडिकल कलेजमा, चितवन भरतपुरका पुरुषको पुष्पाञ्जली अस्पतालमा र गोरखा आँवुखैरेनीका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कोभिड १९ सङ्क्रमणका कारण भदौ ५ गतेदेखि मेडिकल कलेजमा सघन उपचार कक्षमा उपचार हुँदाहुँदै वृद्धाको बिहान ६ः५० मा मृत्यु भएको  चितवन मेडिकल कलेजले जनाएको छ ।

यस्तै पुष्पान्जली अस्पतालमा उपचार गराइरहेका भरतपुरको पुरुषको शुक्रबार बिहान १० वजे मृत्यु भएको हो भने गोरखा आँबुखैरेनीका पुरुषको दिउँसो २.३० बजे मृत्यु भएको भरतपुर अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  चितवन मेडिकल कलेजले विज्ञप्ति जारी गर्दै आफ्नो अस्पतालमा कोभिड १९ का विरामी ४२ जनाको उपचार भइरहेको र त्यसमध्ये २० जनाको अवस्था गम्भीर रहेको उल्लेख छ ।

यस्तै सो अस्पतालले अहिलेसम्म पीसीआर परीक्षण गरिएका ७२७ स्वाबमध्ये १०९ जनामा कोभिड-१९ पहिचान भएको पनि विज्ञप्तिमा जनाइएको छ । पछिल्लो दुईसहित चितवनका अस्पतालहरूमा कोभिड-१९ कै कारण मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । तीमध्ये चार जना चितवनका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web