स्वास्थ्य समस्याका कारण जापानी प्रधानमन्त्री आबे शिन्जोद्धारा पदबाट राजिनामा

भदौ १३, २०७७ मा प्रकाशित | 1100 views

गोकर्ण अधिकारी,

टोकियो, जापान । जापानका प्रधानमन्त्री आबे शिन्जोले स्वास्थ्यमा देखिएको समस्याका कारण पदबाट राजिनामा दिएका छन् ।

विशेष पत्रकार सम्मेलन आयोजना गरेर शुक्रबार साँझ प्रधानमन्त्री आबेले पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।

लिबरल डेमोक्रेटिक पार्टिबाट प्रधानमन्त्री रहेका आबेले राजिनामा दिनु अघि पार्टी र मन्त्रिपरिषद्को बैठक डाकेर यसबारेमा औपचारिक जानकारी गराएका थिए ।

सन् २००६ मा पहिलो पटक जापानको प्रधानमन्त्री बनेपनी सन् २००७ मा पेटको आन्द्राको समस्याबाट बिरामी भएपछि आबेले पदबाट राजिनामा दिएका थिए । सन् २०१२ मा पुन प्रधानमन्त्रीमा चयन भएपछी लगातार जापानको प्रधानमन्त्री पदमा रहेका आबे जापानकै ईतिहासमा लामो समय प्रधानमन्त्री बन्ने व्यक्ति समेत बनेका छन् ।

करिव एक महिना अघि प्रधानमन्त्री कार्यालयमै रगत बान्ता गरेपछि अस्वस्थ देखिएका आबे दुई साता यता लगातार स्वास्थ्य उपचारमा रहेका थिए । स्वास्थ्य अवस्था झन् बिग्रिएको अनुमानका बिच ६५ वर्षीय आबेले आफ्नो कारणले सरकार सञ्चालनमा समस्या नहोस् भन्ने हेतुले पदबाट राजिनामा घोषणा गरेको बताएका छन् ।

प्रधानमन्त्री आबेले गत महिनाबाट स्वास्थ्यमा समस्या देखिएको सम्वोधनका क्रममा बताएका छन् । स्वास्थ्य समस्याका बिच पदमा रहिरहँदा देशलाई हानी हुने भएकाले आफुले पदबाट राजिनामाको घोषणा गरेको आबेले सम्वोधनका क्रममा स्पष्ट पारेका छन् ।

सन् २०२१ सम्म कार्यकाल रहेपनी आफ्नो स्वास्थ्यका कारण देशलाई समस्या नपरोस् भनेर आफुले पदबाट राजिनामा घोषणा गरेको पत्रकार सम्मेलनमा आबेले बताए । सम्वोधनका क्रममा आबेले करिव ८ बर्ष लामो आफ्नो प्रधानमन्त्री कार्यकालमा साथ र सहयोग गरेकोमा जापानी नागरिकप्रती धन्यवाद व्यक्त गरेका छन् ।

आबेले सम्वोधनका क्रममा कोरोना संक्रमणबाट देखिएको पछिल्लो अवस्था, अन्तर्राष्ट्रिय सम्वन्ध, उत्तर कोरियाको बढ्दो मिसाईल क्षमता र चुनौति लगायत विषय समेटेका थिए ।

पत्रकार सम्मेलनका अवसरमा आबेले गरेको संक्षिप्त सम्वोधन :

कोरोना भाइरस संक्रमणको असरका केही महिना यता जापानले यसको असरको सामना गर्दै आएको छ ।

यसबाट समग्र क्षेत्रमा असर पारेको छ । धेरै व्यक्तिले ज्यान गुमाएका छन् । म उनिहरुप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । यसमा फ्रन्ट लाईनमा रहेर सेवा गर्ने स्वास्थ्यकर्मीहरुलाई धन्यवाद व्यक्त गर्दछु ।

पछिल्लो समय ४० बर्ष भन्दा माथि उमेरका व्यक्तिमा संक्रमणको जोखिम बढेको छ । यसमा सचेत रहँदै संक्रमण रोक्ने उपायहरु अपनाउन जरुरी छ ।

गत महिनाबाट मेरो स्वास्थ्यमा केही समस्या देखिन थाल्यो । यस महिनाको सुरुवातबाट मेरो स्वास्थ्यमा थप समस्या देखियो ।

गत हप्ता पुन मैंले स्वास्थ्य परिक्षण गराएं । चिकित्सकहरुले मेरो स्वास्थ्यमा थप समस्या देखिएको भन्दै आराम गर्न सल्लाह दिएका छन् ।

राजनीतिमा मुख्य कुरा नतिजा देखाउनुपर्छ । नतिजा देखाउन सकिएन भने पदमा रहिरहन हुँदैन । ७ बर्ष ८ महिना जापानको प्रधानमन्त्री पदमा रहँदा मैंले नतिजापूर्ण काम गरेको छु ।

मेरो स्वास्थ्य अहिले त्यति राम्रो छैन । स्वास्थ्य राम्रो नभएको व्यक्तिले राम्रो निर्णय गर्न सक्दैन । त्यसैले मैंले त्यति राम्रो काम गर्नसक्दिन भन्ने मैंले निर्णय गरें । मैंले प्रधानमन्त्री पद सम्हालिरहनु उचित ठानिन ।

कोरोना भाइरस संक्रमण रोक्ने मेजरहरु रोक्ने सहित कयौं काम गत महिना देखी मैंले गरिराखेको छु । तर या अवस्थामा मैंले थप नतिजापूर्ण काम गर्नसक्ने ठानेरै यस्तो निर्णयमा पुगेको हुँ ।

हामीबिच धेरै समस्या र चुनौतिहरु छन् । मलाई विश्वास छ अबको नेतृत्वले यि सबै कुरा सहजतापूर्वक पार गराउनेछन् ।

मलाई यो पदमा रहँदा जापानी नागरिकबाट धेरै साथ र सहयोग पाएको छु । करिव एक बर्ष बाँकी रहँदै मैंले पदबाट राजिनामा दिनुपरेको छ ।

यो बिचमा मलाई जापानी नागरिकबाट पाएको सहयोगको लागि धन्यवाद व्यक्त गर्दछु ।

यस पछी आउने नेतृत्व थप सक्षम आउनेछ भन्ने मलाई विश्वास छ । नयाँ आउने टिमले जापानको साम रहेका सबै समस्या हल गर्न सक्षम रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web