पारी भिरमा पहिरो गयो

ढुङ्गाहरु गढढ गर्दै गुड्न थाले

यहाँ ढुङ्गा पनि बोल्दो रहेछ ।

त्यसैको अलि तल

बन्चरोको धारले छिया छिया हुँदै

चुईईया गर्दै ढल्यो उतिसको रुख

अरे! रुख पनि त बोल्दो रहेछ

दायाँ फर्केर बायाँ घुमेपछी देखिन्छ

एउटा चौतारो

त्यही चौतारोमा भेला भएका जनमासलाई

विकासे योजनाको फरफारकको हरहिसाब

एउटा कापीको पानामा देखाएर

अध्यक्षजीले भन्नू भो

यी हेर्नुस् त यो कागत बोल्छ ।

सडकको मोडमा उभिनुस् त

कति गाडीहरु पि पि गर्दै बोल्छन

एकछिन माथि टाउको फर्काउनुस्

आकाशमा हवाईजहाजहरु हु हु गर्दै बोल्दै जान्छन् ।

बतासहरु सुईया गर्दै बोल्छन्

चट्याङहरु बोल्छन्

खोलाको छेउमा उभिएपछी थाहा हुन्छ

खोलाहरु पनि छुट्टै अावाज निकालेर बोल्छन्

यी सबै निर्जीब बस्तुहरु त बोल्छन्

अनी भन प्रिया

तिमी चाई म सँग किन बोल्दिनौ?

@कविन्द्र घिमिरे

ककनी २ नुवाकोट

26.01¡ÆC