धनुषा । शुक्रवार बम विस्फोटमा परी एक प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै जनकपुरमा श्रृखलावद्ध रूपमा बम फेला परेका छन्। बमसहित लगातार शंकास्पद बस्तु फेला परेपछि स्थानीय त्रासमा छन्।

आइतबार राति ९ बजे जनकपुरको संकटमोचनदेखि बागवानीतर्फ जाने बाटोको पर्खालमाथि प्रेसर कुकर बम फेला पारिएको थियो। उक्त बम सेनाको टोलीले डिस्पोज गरेको छ। उक्त घटना लगत्तै पुनः जनकपुरधाम उपमहानगरपालिका ९ को सरस्वती नमुना विद्यालय नजिकै सोमबार अर्को शंकास्पद वस्तु फेला परेको छ। सरस्वती स्कुलदेखि थापाचोक जाने बाटोमा उक्त शंकास्पद बस्तु फेला परेको हो।

आइतबारको घटनास्थल नजिकैको दुरीमा सोमबार पुनः अर्को शंकास्पद बस्तु फेला पारिएको हो। शंकास्पद बस्तु बम हुनसक्ने भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका छन्।

अहिले उक्त स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर सुरक्षा सतर्कता अपनाएको छ। त्यहाँका स्थानीयलाई खाली गराइएको छ। आवतजावतमा पूर्ण रोक लगाइएको छ।

आगामी पुस ३ गते जनकपुरको बाह्रविघा मैदानमा आयोजना हुन लागेको एनसेल मेलालाई लक्षित गरी शंकास्पद गतिविधि भएको हुनसक्ने सुरक्षा निकायहरुको विश्लेषण छ।

यसैबीच जनकपुरको संकटमोचनदेखि बागवानीतर्फ जाने बाटोको पर्खालमाथि गएराति भेटिएको प्रेसर कुकुर बम सेनाले डिस्पोज गरेको छ। बम भेटिएको स्थानमा गएराति नै सुरक्षाकर्मीले स्थानीयलाई खाली गराएको थियो।

स्थानीयलाई सुरक्षित स्थानमा पुर्याएर बम डिस्पोज गरिएको धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए।

22.89¡ÆC