रसुवागढी नाका हुदै २५ थरिका कृषि सामाग्रि चीन पठाउने तयारी

अशोज २३, २०७६ मा प्रकाशित | 2218 views

टिमुरे ।  रसुवागढी नाकाबाट निर्यात गर्न सकिने २५ प्रकारका कृषिजन्य सामग्री सिफारिस गरिएको छ ।

नाका सञ्चालनमा आएको पाँच वर्ष बितिसक्दा पनि सामग्री निर्यात हुन नसकेपछि  प्रक्रिया अघि बढाइएको हो । रसुवागढी नाकाबाट अहिले वनजन्य सामग्री मात्रै निर्यात हुँदै आएको छ ।

चीनले आफ्नो देशमा लैजान सकिने नेपालमा उत्पादन हुने कृषि सामग्रीको विवरण मागेपछि प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाले विवरण तयार पारेर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पठाएको छ ।

कार्यालयले यो दोस्रो पटक सिफारिस गरेको हो । यसअघि कार्यालयले ५२ प्रकारका सामग्री निर्यात गर्न सकिने भन्दै विवरण पठाएको थियो । त्यसमा चिनियाँ पक्षले घटाउन आग्रह गरेपछि २५ मा झारिएको हो ।

कार्यालयले सिफारिस गरेको कृषि सामग्रीहरूमा आँप, अकबरे खुर्सानी, अनार, अलैंची, बन्दा, बेसार, भन्टा, भिन्डी, भुइँकटर, चुकन्दर, धनिया, गाँजर, गोलभेंडा, हरियो मकै, करेला, केरा, खर्बुजा/तर्बुजा, सुकेको खुर्सानी, लप्सी, लिची, मेवा, रुखकटर, स्कुस, सुपारी र टिमुर रहेको छ ।

दैनिकरूपमा सयौँका संख्यामा मालबाहक गाडीहरू सामग्री लिनका लागि सीमा क्षेत्रमा खाली नै जाने गरेकोले यसको सदुपयोग गर्न सकिने वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदीप घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web