चिनियाँ ह्याकरले ढेड करोड ह्याक गरेपछि अन्तर बैंक एटीएम सेवा बन्द

भदौ १५, २०७६ मा प्रकाशित | 2535 views

काठमाडौ । चिनियाँ ह्याकरहरुले अनाधिकृतरुपमा एटीएमबाट पैसा निकालेको सूचना पाएपछि सर्भर डाउन भएका बैंकहरुको एटीएम सेवा सञ्चालनमा आएको छ।

बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले प्रभु बैंक र एनआईसी एशिया बैंकको एटीएम सेवा बाहेक सबै बैंकको सेवा सूचारु भएको छ। ह्याकरहरुले एटीएमबाट पैसा चोरेको सूचना पाएपछि एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटीएम सेवा बन्द गरेको थियो ।

प्रभु बैंक र एनआईसी एशियाको सेवा पूर्ववत अवस्थामा आउन केही समय लाग्ने राष्ट्र बैंकले जनाएको छ। एटीएम सेवा सूचारु भए पनि अन्तर बैंक एटिएम कारोबार बन्द भएको बैंकहरुले बताएका छन् ।  यसरी केही समय एटीएमबाट पैसा निकाल्न नपाएपछि अधिकांश स्थानको एटीएमबाट सेवा लिनेको भीड नै लागेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले मध्यरातमा नवील बैंकको एटिएमबाट रकम निकाल्दै गर्दा पाँचजना चिनियाँ नागरिकरलाई पक्राउ गरिएको जानकारी दिए ।

उनले भने,‘सुरुमा एटीएमबाट पैसा निकाल्दै गर्दा एक जनालाई पक्राउ गरेका थियौँ, उसको सहायतामा थप चार जना दरबारमार्गमा रहेको माया मनोहर होटलबाट पक्राउ गरेपछि सोही स्थानमा पैसा बरामद भएको हो।’

पक्राउ परेकासँग प्रहरीले एक करोड २६ लाख२९ हजार नेपाली रुपैयाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरुको नाम गोप्य राखिएको छ । प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर पक्राउबारे जानकारी दिने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web