एजेन्सी, जेठ २९ । युरो २०१६ अन्तर्गत शनिबार तीन वटा खेल हुँदैछन् । तीन खेलमध्ये इंग्ल्याण्ड र रसियाबिचको खेल महत्वपूर्ण रुपमा हेरिएको छ । समूह ‘बी’ को दोस्रो खेलमा इंग्ल्यान्ड र रसियाबीच मध्यरातमा प्रतिस्पर्धा हुँदैछ । युरोकप छनोट चरणमा एउटा पनि खेल नहारी समूह विजेता बनेको इंग्ल्याडले अहिलेसम्म ८ पटक युरो कप खेलिसकेको छ । ८ पटक युरो कप खेलेपनि इंग्ल्याण्ड अहिलेसम्म फाइनलमा पुग्न सकेको छैन । यसपटकको युरोकपमा युवा खेलाडी मैदानमा उतारेको इंग्ल्याण्ड पहिलो खेलमा जित निकालेर मनोबल उच्च बनाउने दाउमा छ ।

दुई वर्षअघि ब्राजिलमा भएको विश्वकपमा निराशाजनक प्रदर्शन गरेका दुवै टोली युरो २०१६ मा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन् । पहिलो खेलमा जित हात पार्ने टोलीका लागि युरो २०१६ सुखद् हुनेछ । विगत ५० वर्षदेखि उपाधिविहीन इंग्ल्यान्डसामु फेरि अर्का मुख्य प्रतियोगिताको चुनौती आएको छ । युवा खेलाडीले भरिएको इंग्लिस टोलीको अहिलेको पुस्तामा प्रतिभावान् खेलाडीको बाहुल्यता छ ।

छनोट चरणमा शतप्रतिशत नतिजा निकालेको इंग्लिस टोलीले गत मार्चमा विश्वविजेता जर्मनीलाई पराजित गरेको थियो । अघिल्लो विश्वकपमा खराब प्रदर्शन गरेको रसियाले दुई वर्षपछि विश्वकपको आयोजना गर्न लागेको हो । विश्वकप आयोजना गर्नुअघि रसिया युरो २०१६ मा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ ।

इंग्ल्याण्डका खेलाडी

गोल किपर

जोय हर्ट

डिफेन्डर

केली वाकर, गे्र चिली, क्रिस स्मोलिङ , डेनी रोज, डेयर,अली, अदम ललान, रहिम स्टेरलिङ

फरवार्ड

वायन रुनी, जेमी भार्डी, ह्यारी केन

रुसका खेलाडी

गोल किपर

इगो आर्कनफेयर

डिफेन्डर

इगो मोनिकाभ, एलेक्साइ बेरिजस्की, सर्गेइ इग्नासिभेज, जोर्डीइ सेनिकोभ

मिड फिल्डर

एलेक्जान्डर गोलोभिन, निमुस्टाचा, फेडोर स्मोलोभ

फरवार्ड

ओलेग स्याटोभ, एलेक्जान्डर किकोरिन, अर्टिम डुवा

16.12¡ÆC