गुणस्तरहीन खाद्यवस्तु उत्पादन गर्ने ३४ उद्योग माथी कारबाहीको माग (सूचिसहित)

साउन २२, २०७६ मा प्रकाशित | 2339 views

मोरङ । आम नागरिकको स्वास्थ्यसँग जोडिएको खाद्यान्नको गुणस्तरमा ध्यान नदिएका ३४ उद्योगविरुद्ध मुद्दा चलाइएको छ । आर्थिक वर्ष २०७५र०७६ भित्र ३४ उद्योगविरुद्ध मुद्दा चलाइएको हो ।

खाद्यमा स्वच्छता नभएको पाइएका तथा गुणस्तरहीन उत्पादन गर्ने उद्योग तथा कम्पनीविरुद्ध मुद्दा दायर गरिएको हो ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका अनुसार क्वालिटी थाइ फुडमा फरक–फरक विषयमा मुद्दा दायर भएको छ ।

२०७६ असार ४ गते  यो कम्पनीले उत्पादन गरेको तयारी चाउचाउमा तेलको एसिड भ्यालु बढी भएको, प्रोटिन कम भएको पाइएपछि मुद्दा दायर गरिएको कार्यालयले जनाएको छ ।

त्यस्तै, कार्यालयमा परेको उजुरीका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बीकेएम मसलाविरुद्ध तीन वटा मुद्दा दायर गरेको छ ।  विराटनगर १३ मा रहेको उद्योगले जिराको धुलो, मसला, बेसारलगायतमा कुल भष्म बढी मिलाएको,  गोल्छा डेरी उद्योगको घ्यूमा मिसावट भएको पाइएपछि कारबाही गरिएको हो ।

नाम चलेको बाबा आयल इण्डष्ट्रिज उद्योगविरुद्ध पनि मुद्दा दायर भएको छ । कटहरीमा रहेको बाबा भेजिटेबल आयल इन्डष्टिज प्रालिको प्रशोधित सूर्यमुखी तेलमा ‘पेरोक्साइड भ्यालु’ बढी भेटिएपछि कारबाहीको लागि मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रदेश प्रमुख प्रमोद कोइरालाले बताउनुभयो ।

यसैगरी, पिउने पानीमा कोलिफर्म भेटिएपछि धेरै उद्योगविरुद्ध मुद्दा दायर भएको छ । यसरी मुद्दा दायर भएका उद्योगहरुमा श्री जल उद्योग विराटनगर १३, विराटनगर ४ को गोमारानी उद्योग, विराटनगर ६ को पूजा फुड एण्ड बेभरेज प्रालि, विराटनगर १४ को जोनसन जल उद्योग, विराटनगर १० कोे मंगलम बेभरेज उद्योग, विराटनगर ८ को शितल जल उद्योगमा पीएच कम तथा कोलिफर्म भेटिएको पाइएपछि मुद्दा दायर गरिएको कार्यालयका प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

त्यस्तै, विराटनगर २ को तिरुपति जल उद्योग,  बुढीगंगा १ को शुभ जल उद्योग, हाइकल वाटर इण्डष्ट्रिज, विराटनगर ८ को गंगा जल उद्योग, दिव्यश्री जल उद्योग, माउण्टेन वाटर इण्डष्ट्रिज, एसएसएस जल उद्योग, श्रीबाबा जल उद्योग सुन्दर हरैचा र केरावारीको क्यान एक्वा इण्डष्ट्रिजविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

त्यस्तै, अन्य धेरै उद्योगहरुले पनि गुणस्तरमा ध्यान नदिएको पाइएपछि मुद्दा दायर भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web