पहिरोमा पुरिएर मृत्यु हुनेको सङुख्या नौ पुग्यो (अपडेट)

साउन ७, २०७६ मा प्रकाशित | 23676 views

गुल्मी ।  अविरल वर्षाले गुल्मीको सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले घर बगाउँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता छन् । सत्यवती गाउँपालिका–३ को दाङसिंगाको कसिङथलामा आमा र छोराको मृत्यु भएको छ । सत्यवती–३ कै सिङदीमा २ जना बेपत्ता भएको स्थानीय मनबहादुर राहाडीले जानकारी दिए ।
ठूलोलुम्पेकको कसिङथलामा स्थानीय ३० वर्षीय तिलकुमारी तरामुको घर पहिरोमा पुरिएको छ। पहिरोले पुरेर तिलकुमारी र उनका १० वर्षीय छाेरा दर्शनको मृत्यु भएको हो। सोही घरबाट २ जनालाई सकुशल उद्दार गरिएको छ।

सिङदीमा पहिराेले घर पुरिँदा माया विक र उनका १७ वर्षीय बवी विक बेपत्ता छन्। पहिरोले गाउँमा २० घर बढी जोखिममा परेको वडा सदस्य अर्जुन तरामुले जानकारी दिए।

सत्यवती गाउँपालिका–४ लिम्घा भीरकुनामा अहिलेसम्म ५ जनाको मृत्यु भएको स्थानीय कृष्ण भण्डारीले जानकारी दिएका छन्। भिरकुनाका मनबहादुर विक, कालु विक, छलि विक र चन्द्रे विक लगायत दर्जन बढी घरमा पहिरोले क्षति पुगेको छ। ४ जना पहिरोमा बेपत्ता छन्। बेपत्ता भएकाको अहिलेसम्म केही जानकारी नआएको उनले बताए।
लिम्घाको भीरकुनाका ६ घरमा पूर्ण रुपमा क्षति पुगेको छ। तीन घरमा ९ जना बस्दै आएका थिए। लिम्घाको भीर कुनामा माथिल्लो भाग र पूर्वबाट पहिरो झर्दा १० घर बढीका बासिन्दालाई सुरक्षित स्थानमा लैजान स्थानीय उद्धारमा खटिएका छन्। यहाँ अझै पनि २० घर बढी जोखिममा रहको स्थानीय भरत शाहीले बताए। बिहान ३ बजेपछि यहाँ ठूलो पानी परेको थियो। अहिले पनि लेदो माटोसहित पहिरो खसेको उनले बताए।

गुल्मीका दुई स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ। सत्यवती गाउँपालिका-४, मिल्मीमा आज बिहान खसेको पहिरोमा परि ४ जनाको मृत्यु हुनाका साथै थप ५ जना बेपत्ता भएका छन्।

सत्यवती गाउँपालिका-४ का वडाध्यक्ष दानबहादुर रानाका अनुसार हालसम्म ४ जनाको शव बाहिर निकालिएको छ। 'वस्तीमाथि करिब २ सय मिटरको उचाईबाट खसेको पहिरोले ३ घर बगाएको छ। ३ परिवारका ९ जना सुतिरहेको अवस्थामा पहिरो गएकोमा हालसम्म ४ जनाको शव निकालिएको छ,' उनले भने।

मृत्यु हुनेमा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिक छन्।

गुल्मीका प्रहरी प्रमुख दीपक कुमार बस्नेतले घटना मंगलबार बिहान ४ बजेतिर भए पनि स्थानीयले करिब ५ बजेतिर थाहा पाएर खबर गरेको जानकारी दिए। अहिले घटनास्थलमा सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको उनले बताए।

सो क्षेत्रमा सोमबार साँझदेखि पानी परेको र वरपरका परिवारलाई भने सकतर्कता अपनाउन आग्रह गरिएको वडाध्यक्ष रानाले बताए। वस्ती तत्काल सार्नुपर्ने आवश्यकता भने नरहेको उनको भनाइ छ।

सोही गाउँपालिकाको वडा नम्बर ३ मा पनि पहिरो गएको छ। सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको छ।

पहिरोमा पुरिएर १० वर्षीया करिश्मा त्रामु र १३ वर्षीय धनी त्रामु घाइते भएका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web