नेपाल एयरलाइन्सका पाइलट सुवर्ण अवालेलाई जहाज उडाउन अदालतले अनुमति दियो

जेष्ठ ८, २०७६ मा प्रकाशित | 12243 views

काठमाडौ । नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट सुवर्ण अवालेलाई जहाज उडानमा प्रतिबन्ध लगाउनु नपर्ने भन्दै सर्वोेच्च अलातले फैसला गरेको छ।

सर्वोच्च अदालतका न्यायधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजालसले जहाज उडानमा प्रतिबन्ध लगाउनु नपर्ने भन्दै फैसला सुनाएका हुन्।

यसअघि उडान अनुमति रोकिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग कारण मागेको थियो।  नेपाल नागरिक उड्डयन प्राधिकरणले गत साउनमा पाइलट अवालेलाई जहाज उडानमा रोक लगाउने निर्णय गरेको थियो।

प्राधिकरणको निर्णयको विरोधमा अवाले सर्वोच्च अदालत पुगेका थिए। उनले असोज २२ गते प्राधिकरणले कानुनविपरीत आफ्नो उडान अनुमति लाइसेन्स नै खारेज हुने गरी निर्णय गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उनको रिट उपर असोज २३ मंगलबार सर्वोच्चका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजालसले उडान अनुमति रोक्ने निर्णय, आधार र कारण खुलाउन भन्दै लिखित जवाफ माग गरेको हो।

सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेस गर्न नेपाल वायुसेवा निगम र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नाममा यस्तो आदेश जारी गरेको हो। अवालेलाई  उडान अनुमति रोक्ने निर्णयविरुद्ध अन्तरिम जारी गर्ने वा नगर्ने विषयमा अर्को छलफलमा निर्णय गर्ने भन्दै बहसमा सहभागी हुन समेत सर्वोच्चले आदेश दिएको छ।

वरिष्ठ क्याप्टेन अवाले २०७३ चैत २८ गते जहाज कमान्ड गरेर दुबई उड्न लाग्दा ९३ हजार ६ सय अमेरिकी डलरसहित त्रिभुवन अन्तर्रा्ष्ट्रिय  विमानस्थलमा पक्राउ परेका थिए। उनीमाथि  विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १७ (१) बमोजिम बरामद भएको डलरको नेपाली बिगो ९६ लाख ९० हजार ४ सय ८ रुपैयाँ बराबरको रकम जरिवाना हुने ठहर गरिएको थियो।

अवालेविरुद्ध एक वर्षभन्दा बढी चलेको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७४ चैत २२ गते उक्त रकम राजस्व अनुसन्धान विभागमा धरौटी राखेको देखिँदा त्यही रकम यस अदालतमा झिकाई जरिवानाबापत फरफारक गर्नु भनी फैसला गरको थियो । त्यसपछि निगमले पाइलट अभाव भएको भन्दै आवलेलाई पुनः उडानमा ल्याउने गरी प्राधिकरणमा लाइसेन्स नवीकरणका लागि पत्रचार गरेको थियो। निगमको पत्रचारपछि प्राधिकरणले अवालेको लाइसेन्स नवीकरणका लागि मेडिकल टेस्ट गराउने निर्णय गरेको थियो। त्यसका लागि प्राधिकरणका स्वास्थ्य सुपरिवेक्षक डाक्टर खगेन्द्र श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो।

क्याप्टेन अवालेको स्वास्थ्य अवस्था जाँच गरी सिफारिससहित प्रतिवेदन बुझाउने जिम्मेवारी उक्त समितिलाई दिइएको थियो। अवालेको स्वास्थ्य तथा मनोवैज्ञानिक परीक्षणपछि समितिले उनलाई उडान गर्न दिन नमिल्ने निष्कर्ष सहितको प्रतिवेदन प्राधिकरण महानिर्देशक सञ्जीव गौतमसमक्ष बुझाएको थियो। तर पुन: खग्रेन्द्रको मेडिकल बोर्डले नै उनको स्वास्थ्य अवस्था ठीक भएको भन्दै मेडिकल रिपोर्ट दिइसकेको छ।

सोही प्रतिवदेन अनुसार गौतमले अवालेको लाइसेन्स नवीकरणको विषयमा निर्णय गर्न मन्त्रालयका सचिव कृष्ण देवकोटासँग पनि राय लिएका थिए। देवकोटाको निर्देशनलगत्तै प्राधिकरणले अवालेलाई उडान अनुमतिमा रोक लगाउने निर्णय गरेको थियो।

करिब ३० वर्षअघि ट्विनअटर जहाज उडाएर निगममा जागिर सुरु गरेका ५६ वर्षीय अवालेले त्यसपछि प्रशिक्षक पाइलट हुँदै ‘बोइङ ७५७’ जहाज उडाउन थालेका थिए। पछिल्लो दुई वर्षदेखि भने उनी ‘एयरबस ३२०’ जहाजको वरिष्ठ क्याप्टेनका रूपमा काम गरिरहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web