युरो कप: रोमानियालाई हराँउदै फ्रान्सको विजयी सुरुवात

जेष्ठ २९, २०७३ मा प्रकाशित | 1041 views

एजेन्सी,जेठ २९ । रोमानियालाई हराँउदै आयोजक राष्ट्र फ्रान्सले युरो कप २०१६ मा विजयी सुरुवात गरेको छ । राजधानी पेरिसको स्टेड डी फ्रान्समा शुक्रबार राति भएको उद्घाटन रोमानियालाई २–१ ले हराँउदै फ्रान्सले विजयी सुरुवात गरेको हो ।   पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको  दोस्रो हाफको ५७ औं मिनेटमा ओलिभर जिरउडले गोल गर्दै घरेलु टोली फ्रान्सलाई सुरुवाति अग्रता दिलाए । उनले पयेटको क्रसमा हेड गोल गरेका थिए ।

त्यसको ८ मिनेटपछि नै रोनामियाले पेनाल्टीको अवसर पायो । यो अवसरलाई सदुपयोग गर्दै बोग्डान स्टानकुले रोमानियाका लागि बराबरी गोल फर्काए । १–१ को बराबरी भएको अवस्थामा ८९ औं मिनेटमा वेष्ट ह्यामका पेयटले फ्रान्सका लागि ३० यार्डबाट बल प्रहार गर्दै सुन्दर विजयी गोल गरे ।  फ्रान्सको जितमा दिमित्री पेयटले अन्तिम समयमा गरेको सुन्दर गोल महत्वपूर्ण बन्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web