राष्ट्रपति ओखलढुंगा जाने, देखाउनको लागी भइरहेको छ दिनरात नै विकासका काम

जेष्ठ ८, २०७६ मा प्रकाशित | 2293 views

ओखलढुंगा । राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि ओखलढुंगा सदरमुकामलाई रातारात सिँगारिएको छ ।

युगकवि सिद्धिचरण श्रेष्ठको एक सय ८औं जन्मजयन्तीका अवसरमा श्रेष्ठको शालिक अनावरण र स्रष्टापार्क उद्घाटन गर्न बिहीबार राष्ट्रपति भण्डारी ओखलढुंगा आउने भएपछि तयारी व्यापक बनाइएको हो ।  सदरमुकामको बीच सडकमा वर्षौ अघिदेखि बनेका खाडलहरु पुरिएका छन् । ढल व्यवस्थापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय र नेपाली सेनाको ब्यारेक आसपासको सिँढी निर्माण गरिएको छ । वर्षौ देखि हुन नसकेका विकासका काम तीन दिन यता धमाधम भएको स्थानीय सुविन राजभण्डारीले बताए ।

‘सडकका खाल्डाहरु पुर्न आधा घण्टा पनि लागेन,’ उनले भने, ‘विकास हुन ठुला मान्छे जिल्ला आइरहनुपर्ने रहेछ ।’ कार्यक्रमको आयोजक समेत रहेको सिद्धिचरण नगरपालिकाले रातारात विकासका काम गरेको हो । रातारात गरिएको देखावटी विकास दिगो नहुने स्थानीयको ठहर छ ।

राष्ट्रप्रमुखको आगमन हुने भएपछि नगरको सबै ध्यान त्यसतर्फ केन्द्रित गरेर काम गरिएको नगरपालिकाका प्रमुख मोहन श्रेष्ठले बताए । ‘नराम्रो देखाउँ भन्ने हुँदैन,’ उनले भने, ‘सकेसम्म राम्रो गर्ने र देखाउने प्रयास गरिरहेका छौं ।’ फोहोर र अव्यवस्थित पार्किङले कुरुप हुने सदरमुकामका बजार स्वागत व्यानर र ध्वजापातकाले झिलिमिलि बनाइएको छ । बुधबार दिनभर सरसफाई र सजावटमा स्थानीय जुटेका थिए ।
‘राष्ट्रपति ज्यूको भ्रमणलाई भव्य बनाउन तयारीलाई अन्तिम चरणमा पु¥याएका छौं,’ तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मलेनमा नगरप्रमुख श्रेष्ठले भने । राष्ट्रप्रमुखको आगमनले सिद्धिचरण नगरपालिकाको समृद्धि र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिरएको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधनराई लगायतका विशिष्ट व्यक्तीहरु समेत आउने कार्यक्रम रहेको आयोजक सिद्धिचरण नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web