श्रीराम स्मृति विद्यालय स्तरीय भलिबल: आरुणीका दुवै टिम क्वाटरफाइनलमा

जेष्ठ २८, २०७३ मा प्रकाशित | 908 views

<p><span style="line-height: 1.42857143;">काठमाडौं जेठ २८ &nbsp;। श्रीराम स्मृति अन्तर विद्यालय &nbsp;भलिबल प्रतियोगिता अन्र्तगत छात्रतर्फ भएको उद्घाटन खेलमा एपीएफ स्कुललाई २५–१२ र २५–११ ले हराउदै आरुणी सेकेन्डरी स्कुल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आरुणी सेकेन्डरी स्कुल र काठमाण्डौं जिल्ला खेलकुद बिकास समितिको संयुक्त आयोजनामा भएको खेलमा छात्रतर्फ प्याराडाइन स्कुल,रेन्बो स्कुल,एपीएफ स्कुल कुलेश्वर आवास ,ओसीस स्कुल र ग्रीन कान्तीपुर स्कुल पनि अन्तीम आठमा पुगे । माछापोखरीस्थीत आयोजक आरुणी स्कुलको भलिबल कोर्टमा शुक्रबार भएको लिग खेलमा ओसिसले त्रिलोक स्कुललाई २–० को सोझो सेटमा हराए पनि सेक्रेट हर्टसँगको दोस्रो खेलमा २–१ ले गुमायो । अन्य खेलमा कुलेश्वर आवासले अरुणी एलाई र रन्बो स्कुलले कुलेश्वर आवासलाई २­–० को सोझो सेटमा हराएका थिए ।</span><br></p><p>त्यस्तै महिलातर्फ बिजेश्वरी ज्ञानमन्दिर,आरुणी स्कुल र कुलेश्वर आवास सेमीफाइनलमा पुगेको विद्यालयका प्रिन्सिपल हिक्मत दाहालले जनाए । बिहिबार महिलातर्फको खेलमा विजेश्वरीले प्यारामाउन्ट स्कुलाई ३–० को सोझो सेटमा हराएको थियो । प्रतियोगिता ३०जेठ सम्म हुनेछन् । प्रतियोगिताको शुक्रबार एक कार्यक्रमका बिच नेपाल भलिबल सघंका महासचिव जितेन्द्र चन्द ,काठमाडौँ जिल्ला खेलकुद विकास समितीका अध्यक्ष ध्रुवराज न्यौपानले सयुक्त उद्घाटन गरे । सो अवसरमा नेपाल भलिबल &nbsp;सघंका सचिव मनबिर छन्त्याल, स्कुलका प्रिन्सिपल हिक्मत दाहाल लगायतको उपस्थिति रहेको थियो ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web