यु–१६ एसिसीमा नेपाल च्याम्पियन, फाइनलमा मलेसियालाई पराजित

बैशाख १५, २०७६ मा प्रकाशित | 24059 views

काठमाडौ । एसिसी यु–१६ पूर्वी क्षेत्रीय प्रतियोगिताको उपाधि नेपालले जितेको छ। आइतबार मलेसियामा भएको फाइनलमा घरेलु टिम मलेसियलाई ५९ रनले पराजित गरेर नेपालले उपाधि रक्षा गरेको हो।

जितका लागि नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको मलेसिया ३४.५ ‌ओभरमा ८१ रनमा अलआउट भयो।

मलेसियाका लागि ओपनर वान मोहमद अजामले १६ रन जोडे। सर्वाधिक रन जोडेका मोहमद हाजिक १८ रनमा आउट भए। उनले २० बलमा २ छक्का हिर्काए। यस्तै जितेन्द्र मुर्लीले १४ रन जोड्दा अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

बलिङमा नेपालका विशाल कुमार पटेलले ४ विकेट लिए। दीपक बोहरीले ३ विकेट हात पार्दा कृस कार्की र निशिखल कुमार सिंहले १–१ विकेट हात पारे।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ‌ओभरमा ९ विकेटको क्षतिमा १ सय ४० रन जोड्यो। नेपालका लागि ओपनर दीपक बोहाराले २३ रन जोडे। उनले १९ बलमा २ चौका र १ छक्का हिर्काए। अर्का ओपनर सुसान्त थापा ५ रनमै आउट भएका थिए। लगत्तै आसिस भट्टराई २ रनमा आउट भएका थिए।

तर प्रशान्त महतले ४० रनको योगदान दिँदा नेपालको  इनिङले गति लियो। कप्तान विशाल विक्रम केसीले १७ रन जोड्दा रोहन दुधराज विकासले ९ रन बटुले। विशाल पटेल २ रन,  कृस कार्की ९  रन,  निशिल कुमार सिंह १३ रनमा आउट हुँदा तिलकराज भढन्डारीले नटआउट ८ रन र रमेश कुर्मीले नटआउट २ रन बटुले। बलिङमा मलेसियाका जितेन्द्र मुर्लीले २ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web