कुर्दिस्तानमा रहेका नेपालीहरुले आपसमा शुभकामना बाँडेर सामुहिक रुपमा मनाए नयाँ बर्ष २०७६ (फोटो फिचर)

बैशाख ९, २०७६ मा प्रकाशित | 5264 views

कुर्दिस्तान, ईराक ।

नेपाली नयाँ बर्ष २०७६ लाई ईराकको कुर्दिस्तानमा रहेका नेपालीहरुले सामुहिक रुपमा भव्यताका साथ मनाएका छन् ।

प्रवासी नेपाली एकता समाज कुर्दिस्तानले आयोजना गरेको १० औं शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम नेपाली नयाँ बर्ष २०७६ बैशाख ६ गते सम्पन्न भएको हो ।

प्रवासी नेपाली एकता समाज कुर्दिस्तान, ईराकको आयोजनामा भएको कार्यक्रममा संस्थाका  संस्थापक अध्यक्ष समेत रहेका अध्यक्ष नविनकुमार लामाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा नेपाल तामाङ घेदुङ कुर्दिस्तानका अध्यक्ष च्याङ्बा लामा (नुरी) को उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च दोहक, नेपाली महिला समाज कुर्दिस्तान, नेपाली युवा समाज कुर्दिस्तान लगायत आधा दर्जन संघसंस्थाको सहयोग र प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

कुर्दिस्तानमा रहेका प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको सहभागीतामा भएको नेपाली नयाँ बर्ष २०७६ को शुभकामना तथा सांस्कृतिक कार्यक्रममा अन्य देशका नागरिकहरुको समेत सहभागीता रहेको थियो ।

आयोजक संस्थाका अध्यक्ष प्रवासी नेपाली एकता समाज कुर्दिस्तान, ईराकका अध्यक्ष नविन कुमार लामाका अनुसार भारतीय, श्रीलंका, बंगलादेशी सहित कुर्दिस नागरिकहरुको समेत कार्यक्रममा सहभागीता रहेको थियो ।

कार्यक्रमको संयोजन आयोजक संस्थाका महासचिव सलामसिंह लामाले गर्नुभएको थियो भने संस्थाको तर्फबाट शुभकामना मन्तव्य राख्नुभएको थियो । यसैगरि कार्यक्रम सञ्चालन संस्थाका सचिव रञ्जिव कुमार लामाले गर्नुभएको थियो ।

कार्यक्रम स्थलमा नेपालमा घाँटीको अपरेशनका क्रममा आर्थिक अभाव झेलिरहेका दिल बहादुर तामागंको लागि संस्थाका सदस्य तथा सामाजिक अभियन्ता प्रकाश लामाको संयोजनमा ८ लाख ७० हजार ईराकी दिनार संकलन गरिएको थियो । संकलीत रकम केहीदिन भित्रमै पिडित सम्म पुर्याउने संस्थाले जनाएको छ ।

नयाँ बर्षको शुभकामना सहित आयोजित कार्यक्रमको नारा

सम्पूर्ण नेपालीहरुको भाषा, धर्म, संस्कृती, भेषभुषा, चाडपर्व, तपाई हामीहरुकै पहिचान,

त्यसलाई जोगाईराख्ने युवा पुस्ताहरुको अभियान

राखिएको थियो ।

कार्यक्रममा उपस्थित हुनुभएका तथा समय अभावका कारण उपस्थित हुन नसक्नुभएका सबैप्रति संस्थाका अध्यक्ष लामाले नयाँ बर्षको शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि साथ र सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web