काठमाडौ । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत पहिलो आयोजनाको रुपमा अघि बढ्न लागेको ३७ मेगावाट उत्पादन क्षमताको माथिल्लो थ्री बी जलविद्युत आयोजनाले आज सेयर बाँडफाँट गरिएको छ।

नेपाल धितोपत्र बोर्डले उक्त आयोजनाका लागि ३७ लाख ५ हजार कित्ता सेयर निस्कासनको अनुमति दिएको थियो। जसमध्ये ३ प्रतिशत सेयर कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ३५ करोड ९३ लाख ८ हजार ५ सय रुपैयाँ बराबरका ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयर पहिलो किस्ताका रुपमा १० रुपैयाँका दरले सर्वसाधारणका लागि बाँडिएको हो।

सबै योग्य आवदेकले २० कित्ता सेयर पाएका छन्। १ लाख ५४ हजार ५ सय ५९ कित्ता सेयर आवेदकलाई प्रति २० कित्ताका दरले ३० लाख ९१ हजार १ सय ८० कित्ता सेयर वितरण भएको छ। बाँकी ५ लाख २ हजार ६ सय ७० कित्ता सेयर बाँडफाँट गोलाप्रथाका आधारमा भएको हो। जसअनुसार ५ हजार २ सय ६७ जना आवेदकले थप १० कित्ता सेयर पाएका छन्।

उक्त आयोजनको सेयर बिक्री खुला चैत ७ गतेदेखि ११ गतेसम्म भएको थियो।

पहिलो आवेदकका रुपमा सेयर भरेका प्रधानमन्त्री ओलीलाई २० कित्ता सेयर परेको छ। त्यसैगरी ऊर्जामन्त्री तथा ऊर्जा मन्त्रालयका सचिवलाई पनि समान २० कित्ता मात्रै परेको बिक्री प्रबन्धकको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ।

प्रधानमन्त्री ओलीले आयोजनामा १ लाख रुपैयाँ बराबरका १० हजार कित्ता सेयरका लागि आवेदन दिएका भए पनि २ सय रुपैयाँ बराबरको २० कित्ता सेयर मात्रै परेको हो।

त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले पहिलो किस्ताका रुपमा प्रतिकित्ता १० रुपैयाँमा मात्रै सेयर निकासा गरेको थियो।

20.33¡ÆC