आदिवासी महोत्सवमा डेढ करोड रुपैयाँको कारोवार

फाल्गुन २७, २०७५ मा प्रकाशित | 1404 views

<p>नुवाकोट । प्रथम नुवाकोट आदिवासी महोत्सव रु डेढ करोडभन्दा बढीको कारोवार भई सम्पन्न भएको छ । बट्टारमा ‘भाषा, कला, संस्कृतिको संरक्षण आदिवासी अभियान–स्थानीय उत्पादन, कृषि पर्यटन र व्यापार प्रवद्र्दन’ नारासहित सञ्चालन भएको महोत्सवले सांस्कृतिक पक्षका साथसाथै आदिवासी जनजाति महासङ्घको निर्माणाधीन भवनलाई पूरा गराउन आर्थिक स्रोत समेत जुटाउने उद्देश्य राखेको आयोजक समितिका संयोजक भगवान राना मगरले बताउनुभयो ।<br><br>महोत्सवको समापनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले महोत्सवले आदिवासी जनजातिको पहिचान स्थापित गराउन भूमिका खेलेको बताउनुभयो । नुवाकोटमा ७० प्रतिशत जनजातिको बाहुल्य छ । यहाँ तामाङ, मगर, भुजेल, माझी, राई, गुरुङ, नेवार, शेर्पा, ह्योल्मो, बराम, कुमाल, दनुवार, घले र बलामी समुदाय गरी १४ आदिवासी जनजाति छन् । <br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web