नुवाकोट क्रिकेट संघको आयोजना र नुवाकोट जेसिजको सह-आयोजनामा संचालित जिल्लाब्यापी बिधालय स्तरिय क्रिकेट प्रतियोगिता आजबाट बिदुर ६ सिचाइमा सुरु भएको छ ।

नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकको सभापतित्व र जिल्ला समन्वय समिति नुवाकोटका अध्यक्ष सन्तमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको उद्घाटन कार्यक्रममा खेलप्रेमी राजु थापा, नेपाली काङ्ग्रेसका युवा नेता रामजी पौडेल, पत्रकार महासंघ नुवाकोटका निवर्तमान अध्यक्ष प्रकाश अधिकारी, होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघका जिल्ला अध्यक्ष मधुसूदन थपलिया, उद्योग बाणिज्य संघ नुवाकोटका सदस्य सविन राजभण्डारी,नुवाकोट क्रिकेट संघका पुर्व सदस्य एवं क्रिकेटप्रेमी जोनि जेके, एकायन कराते संघ नुवाकोटका अध्यक्ष होम बहादुर तामाङ, पत्रकार महा संघका उपाध्यक्ष रामहरी न्यौपाने, राहुचुली डट कमका संचालक तथा सन्चारकर्मी शक्तिमाया तामाङ, युवा परिषद् नुवाकोटका अध्यक्ष उपेन्द्र मिश्र लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङले नुवाकोटमा क्रिकेट खेलको निकै संभावना भएकोले यसलाई जिल्लाको सबै स्तरमा पुर्याउन पर्ने बताए । नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले नुवाकोटमा खेलमैदानको अभावमा क्रिकेट खेलनै मर्ने अवस्थामा पुगेको बताए । त्यसको लागि जिल्लाको सबै पक्षलाई जिम्मेवार भएर सहयोग गर्न आग्रह गरे ।

अर्किड एकेडेमी ‘ए’ र गुडविल एकेडेमी बिच सम्पन्न उद्घाटन खेलमा गुडविल एकेडेमी ७ रनले बिजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको गुडविलले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउदै ९४ रन बनाएको थियो । गुडविलको लागि ओपनर अनिल लामाले २० रन र अमिक कुमालले १४ रन बनाए । बलिङतर्फ अर्किडका सन्जय भट्टराईले ४ विकेट, शिशिर कोईराला र सुमित कुवरले २/२ विकेट लिए ।

९५ रनको बिजयी लक्ष्य पछ्याएको अर्किडले १७.४ ओभरमा अलआउट हुँदै मात्र ८७ रन बनायो । अर्किडको लागि सुमित कुवरले २३ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ गुडविलका अमिक कुमालले ५ विकेट लिए । खेलमा १४ रन र ५ विकेट लिएका गुडविल एकेडेमीका अमिक कुमाल म्यान अफ दि म्याच घोषित भए । भोलीको पहिलो खेल बिहान ८ बजे च्वाडी पब्लिक बिरुद्ध शुभेनियर बोर्डिङ र दोश्रो खेल दिउँसो १२ बजे सहिद जगतप्रकाश सस्कृत मा.वि. देविघाट र गुडविल एकेडेमी बिच हुनेछ ।

21.12¡ÆC