रसुवागढी जलविद्युत आयोजनाले बत्ति बल्नु अघि नै जनतालाई यसरी सेवा पुर्यायो

मंसिर ४, २०७५ मा प्रकाशित | 2201 views

टिमुरे । भूमिगत संरचनाबाट रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृह संरचना बनाउने काम तिव्र बनाइएको छ । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर लामो रेड्रेस सुरुङ र विद्युत् उत्पादन गर्ने स्थलमा पहरा फुटाइ उत्खनन कार्य पूरा भइसकेकाले विद्युत्गृहको संरचना बनाउने कार्य अगाडि बढाइएको आयोजना प्रमुख छवि गैह्रेले जानकारी दिनुभएको छ ।

रसुवागढी नजिक भोटेकोशीमा बाँधबाँधी तातोपानी नजिक गोसाइँकुण्ड गाँउापलिकाको वाड नं १ थुमनको भूभागमा १११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१४ बाट रसुवागढी हाइड्रोपावर कम्पनीमार्फत निर्माण प्रक्रिया अगाडि बढाइएको हो । समग्र रुपमा आयोजनाको काम ७० प्रतिशत पूरा भइसकेको कम्पनीका प्रबन्धक निर्देशक माधव कोइरालाले जानकारी दिनुभभएको छ ।

भोटेकोशी बाँधस्थलबाट विद्युत्गृहमा पानी ल्याउने हेडरेस सुरुङ सम्पन्न भई महत्वपूर्ण काम शतप्रतिशत सम्पन्न भएकाले सर्चटैंक पेनस्टक सुरुङ, विद्युत्गृहबाट पानी बाहिर निस्कने सुरुङको काम अन्तिम चरणमा पुगेको आयोजना पक्षले जनाएको छ । भोटेकोशीको बाँध स्थल र पहराभित्र बालुवा थिग्र्र्याउने तीन वटा पोखरीको निर्माण पनि जारी रहेको छ ।

अबको दुई वर्ष अर्थात सन् २०२० को फ्रेबु्रअरीभित्र १११ मेगावाट विद्युत उत्पादन गरिसक्ने कम्पनीको लक्ष्य अनुसार सुरुङ संरचना निर्माण गर्न कार्यरत चिनियाँ ठेकेदार कम्पनी सि.डब्लु.ई.निमालाई तिव्र बनाएको छ । आयोजनाको निर्माणमा ३० जना भन्दा बढी प्राविधिक सहित ८०० भन्दाबढी कामदार कार्यरत रहेका छन् ।

१३ अर्ब ६४ करोड ४० लाख रुपैयाँ अनुमानित लागत रहेको आयोजना गत वर्ष अर्थात सन् २०१७ मा नै सम्पन्न गर्ने लक्ष्य बनाएपछि भूकम्पले पु¥याएको क्षति, त्यसपछि भारतीय नाकाबन्दीले इन्धन सहित निर्माण सामाग्रिको अभाव लगायतको कारण तीन वर्ष पछि धकेलिएको हो ।

विद्युत् आयोजनाले रसुवाको विभिन्न स्थानमा विपद्को समयमा पु-याएको सहयोग र सामाजिक उत्तरदायित्व तथा आयोजक सहयोग कार्यक्रमलाई समेत प्रभावकारी रुपमा सञ्चालन गर्दै आएकाले निर्माणमा स्थानीयबासीले पनि साथ दिदै आएका छन् ।

आयोेजनाले थुमन र टिमुरेका ७५ जनालाई मासिक रोजगारी दिएको छ तीमध्ये ६ जना अधिकृतस्तरमा कार्यरत कर्मचार रहेका छन् । स्वस्थ्य क्षेत्र सहज बनाउन रसुवागढी आयोजनाले टिमुरे तथा थुमनको स्वास्थ्य चौकीमा एक-एक नर्स र विद्यालयको लागि दुई÷दुई जना शिक्षकको समेत व्यवस्थापन मिलाइदिएको छ । यसैगरी, टिमुरेको तातोपानी पोखरी निर्माण, गाउँको भित्री सडक निर्माण, फोहर बिसर्जन स्थल, रोङ्गा–थुमन १३ किलोमिटर ग्रामीण सडक र थुमनमा बौद्ध गुम्बा निर्माण समेत गरेर स्थानीयलाई सहयोग पु-याउदै आएको छ ।

आयोजनाले जैविक विविधता संरक्षण अन्तर्गत आयोजनाका क्षेत्रमा दुई हजार ७०० बिरुवा रोपेको छ भने टिमुरे, खैदी, थुमन, दालफेदी मेन्दो, तार्सा, लिङलिङ गाउँमा विद्युतीकरण समेतमा सहयोग पु¥याएको छ ।

यस्तै सुरक्षा निकायलाई सहयोग गर्ने उद्देश्यले सीमा प्रहरी चौकी एवं सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म टिमुरेलाई पनि एक–एक वटा नयाँ भवन निर्माण गरिदिएको आयोजना प्रमुख छबी गैरेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web