नुवाकोट । हरिबोधिनी (ठूलो एकादशी)को अबशरमा नुवाकोटको पवित्र तिर्थस्थल विदुर नगरपालिका–५ देवीघाटमा फूलको डोली तारिएको छ ।

देवीघाट स्थित तादी र त्रिशुली नदीको संगमस्थलमा अबस्थित जालपादेवी मन्दिरमा नुवाकोट सहित विभिन्न जिल्लाबाट ल्याइएको एकसय भन्दाबढी राथ, छत्र र फूलको डोली आज बिहान तारिएको छ ।
पुण्य कमाउन, मनोकामना पूरा भएपछि भाकल पूरागर्न तथा दिवंगत व्यक्तिको स्मृतिमा ल्याइने गरेको फूलको डोली, फूलको डोको र छत्र बोकेर आएका तिर्थयात्रीहरु अघिल्लो दिनदेखि निराहार ब्रतबसी जालपादेवीको पूजागरी एकादशी पर्व मनाइरहेको धामी हरिमानसिंह डंगोलले जानकारी दिनुभयो ।

उहाँको अनुसार शुभ साइत बनाएर अघिल्लो दिन नै मन्दिरमा ल्याइएको फूलको डोली गएरातभर पूजा गरी मादी बालेर बिहान सूर्योदयसगै तार्न सुरु गरिएको हो ।

फूल नैवेद, अन्न सम्मिलित तोरनलाई देवीघाट स्थित जालपादेवी मन्दिरमा बा“धी त्रिशुली गङ्गा नङ्गाउदै खड्गभञ्याङ स्थित सयवर्ष पूरानो बरको रुखमा लगेर बा“धिएको छ । बाजागाजा सहित पूरोहितबाट मन्त्रउच्चारण गरी फूलको डोलीको रुपमा रहेको एकसय भन्दा बढी तोरन तार्न आज बिहानभर लागेको थियो ।

एकादशी मेला तथा फूलको डोली तार्ने मेलामा नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लाका हजारौ भक्तजन पवित्रस्थल जालपादेवी मन्दिर परिसरमा सहभागि भएका थिए । एकादशी पर्वको अवशरमा नुवाकोट र रसुवाको संगमस्थल उत्तरगयाधाम बेत्रावती सहित दुप्चेश्वर महादेवको मन्दिर, फिकुरी स्थित किस्पाङ महादेव मन्दिर पनि आज मेला लागिरहेको छ ।

17.12¡ÆC