गुन्डा नाइके गणेश लामा तत्काल रिहा नगरे सडक र सदन दुवैमा आन्दोलन गर्ने कांग्रेसको चेतावनी

चैत्र २, २०७४ मा प्रकाशित | 967 views

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले बुधवार गौशलाबाट हतियार सहित पक्राउ परेका कांग्रेस नेता तथा गुन्डा नाइके गणेश लामालाई तत्काल रिहा गर्नुपर्ने माग राखेका छन्।
रिपोर्टर्स क्लब नेपालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले शुक्रबार पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । बुधबार साँझ राजधानीको गौशालाबाट प्रक्राउ परेका लामालाई सुनियोजित ढंगले फसाउन खोजेको आरोप लगाउँदै कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले तत्काल लामालाई रिहाई गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सभापति मधु आचार्यले नागरिकको सुरक्षाको लागि कांग्रेसले जुनसुकै कदम चाल्ने बताए ।

उनले भने,‘हामी यस कार्यप्रति घोर भत्र्सना गदछौँ, कांग्रेसका यूवा नेता गणेश लामा शारिरीक ब्यायामबाट घर फर्किदै गर्दा गौशाला नजिक उनीमाथि गोली प्रहार भयो, भाग्यवश उनलाई गोली लागेन, उनीमाथि गोली प्रहार गर्नेलाई प्रहरीले समातेन, तर गणेशजीलाई हात हतियारसहित लामा प्रकाउ गर्यौँ भनेर प्रहरीले सूचना जारी गर्यो, यो भन्दा गैर–जिम्मेवारी कुरा के हुन सक्छ ? लामाले आफूमाथि गोली हान्नेलाई समात्न खोज्दा उनीहरु भागे, प्रहरीले भाग्नेहरुलाई नसमातेर लामालाई मात्रै समात्यो, गोली हान्ने मानिस भाग्छ, प्रहरीले लामालाई षड्यन्त्रपूर्वक समात्छ, प्रहरीले देखाएको यो कस्तो नाटक हो ?’

उनले अघि थपे,‘हामीले त्यो समयका प्रत्यक्षदर्शी र सिसिटिभि क्यामेरामा कैद भएका फुटेज हेर्दा साधा पोशाक लगाएका प्रहरीले नै लामामाथि गोली हानेको शंका गरेका छौँ, यस्तो स्थिति हो भने मन नपरेका मानिसलाई अधिनायकवादी सरकारले प्रहरी प्रशासन लगाएर मार्ने अनि संविधान प्रदत्त नागरिकले बाँच्न पाउने हकमाथि कुठाराघात गर्ने अनि कसरी हामीले सरकारको विश्वास गर्ने ?’

षड्यन्त्रपूर्वक गोली हानी हत्या गर्ने उद्देश्यले प्रहरीले नै गोली हानेको दाबी गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेका सचिव दिनेश लामाले गणेश लामालाई विना शर्त रिहाईको माग गरे ।

उनले भने,‘राज्य शक्तिको दुरुपयोगको बाटोमा गएको छ, यस्तो स्थितिमा हामीले कसको विश्वास गर्ने, कसको भर पर्ने, सरकार नै गुण्डा गर्दिको शैलीमा जनता माथि आक्रमण गर्ने मनस्थितिमा उत्रेको छ यो कांग्रेसलाई स्वीकार्य हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web