प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन डा.केसीको दस दिने अल्टिमेटम

फाल्गुन १९, २०७४ मा प्रकाशित | 3758 views

<p>काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई तत्काल महाअभियोग लगाई कारबाही गर्न त्रिविका वरिष्ट चिकित्सक प्राडा गोविन्द केसीले सरकारलाई दस दिने अल्टिमेटम दिएका छन् । प्रधानन्यायाधीश पराजुलीले पदबाट राजीनामा नदिए यही फागुन २९ गतेदेखि पुनः सत्याग्रह सुरु गर्ने डा केसीले घोषणा गरेका हुन ।<br><br>न्याय सम्पादनमा भ्रष्टाचार गरेको व्यक्तिलाई महाअभियोग लगाएर हटाउनुको विकल्प नभएको डा केसीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरी दोषी ठहर्‍याईएका पदाधिकारीलाई पनि कारबाही गर्न डा। केसीको माग छ । चिकित्सा शिक्षा अध्यादेशलाई यथाशीघ्र ऐनमा परिणत नगरे विरोधका अन्य कार्यक्रम ल्याउन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web