मधेसी सांसदको मातृभाषा भन्दा हिन्दी मोहबढि,कसले कुन भाषामा लिँदैछन् सपथ ?

फाल्गुन १८, २०७४ मा प्रकाशित | 1071 views

काठमाडौं । मधेसामा नेपाली भाषाप्रतिको मोहभंग उत्कर्षमा पुगेको छ । हिन्दीभाष प्रतिको मायाप्रेम बढ्दै गएको छ । प्रतिनिधि र राष्ट्रिय सभाका सांसदले सपथका लागि ८ भाषा रोजेका छन् ।

कतिपयले मातृभाषा रोजेका छन् भने अधिकांसको रोजाईमा परेको छ हिन्दीभाषा । विभिन्न सांसदले आफूले चाहेको भाषामा सपथ लिन संसद सचिवालयमा निवेदन दिएका छन्। संसद सचिवालयले मातृभाषामा सपथ लिन चाहने सांसदलाई फागुन १८ गतेसम्म जानकराी गराउन समय दिएको छ। हालसम्म ४० भन्दा बढी सांसदले मातृभाषामा सपथ लिने जानकारी गराएका हुन्। सपथको व्यहोरासमेत सम्बन्धित सांसदले अनुवाद गरेर संसद सचिवालयाई दिनुपर्ने हुन्छ।

हिन्दीमा अनिलकुमार झा, प्रमोद शाह, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, अमृता अग्रहरी, रानी मण्डल, सरिता गिरी र चन्दा चौधरीले सपथ लिँदैछन्। अवधीमा मुअम्मद इस्तियाक राइले सपथ लिँदैछन्। त्यस्तै भोजपुरीमा प्रदीप यादव, रामबाबुकुमार यादव, रामसहायप्रसादय यादव, हरिनारायणप्रसाद रौनीयार र अकवाल मियाँले सपथ लिँदैछन्। थारु भाषामा गंगा चौधरी सत्गौवा, शान्ता चौधरी र रेशमलाल चौधरीले सपथ लिँदैछन्। त्यस्तै तामाङ भाषामा हितबहादुर तमाङले सपथ लिँदैछन्।

मैथिलीमा उपेन्द्र यादव, उमाशंकर अरगरिया, चन्द्रकान्त चौधरी, दुलारीदेवी खत्वे, सुरेशचन्द्र दास, शरतसिंह भण्डारी, राजकिशोर यादव, महन्थ ठाकुर, रेणुकुमारी यादव, दिलकुमारी, मातृका यादव, इन्दुकुमारी शर्मा र मिनाक्षी झाले सपथ लिँदैछन्।

बज्जिका भाषामा महिन्द्रराय यादवले सपथ लिँदैछन्। उनले भने जेष्ठ सदस्यको हैसियतमा राष्ट्रपति समक्ष सपथ लिनेछन्। यादवको सपथ २० गते दिउँसो १ बजे हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web