काठमााडौं ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सलाई नेपालमा उडान भर्न अनुमति दिइरहेका बेला स्वदेशी कम्पनीलाई भने अंकुश लगाउने गरि काम गरेको छ ।

प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई केही महिनाअघि पूर्वाधार विस्तार नभएसम्म नयाँ एयरलाइन्सलाई उडान अनुमति दिन नसक्ने जानकारी गराएको थियो । तर त्यसको केही सातापछि नै कुवेतको वातानीय एयरलाइन्सलाई नेपालमा उडान भर्न अनुमति दिएको थियो ।

हाल उक्त एयरलाइन्सले नेपालमा उडान भर्दै आएको छ । त्यस्तै गरी भारतको गो एयर, मकाउ लगायत देशबाट पनि नयाँ एयरलाइन्सहरु नेपालमा उडान भर्नका लागि प्रक्रियामा छन् । नयाँ आउने अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुलाई उडान अनुमति एओसी रोक्ने तयारी गरिरहेका छ ।

प्राधिकरणले पूर्वाधार अभाव भएको भन्दै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआएसम्म नयाँ कम्पनीलाई एओसी तत्काल नदिने तयारी गरेको हो । हाल निजी क्षेत्रबाट अल्पाइन एयर, बीबी एयरवेज र श्री एयरलाइन्स एओसी लिने तयारीमा छन् ।

प्राधिकरणले पार्किङ वे तथा अन्य पूर्वाधार खडा गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल साँघुरो भएको भन्दै एओसी रोक्ने तयारी थालेको हो ।

20.12¡ÆC