कुर्दिस्तान, इराक ।
तमु, ग्याल्पो, मन्जुश्री, सोनाम ल्होसार सहित अँग्रेजी नयाँ बर्ष पारेर प्रवासी नेपाली एकता समाज कुर्दिस्तानले आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रम भव्य रुपमा सफल भएको छ ।

इराकको कुर्दिस्तान इर्बिल शहरमा भएको कार्यक्रम मन्जुश्री संम्बत २८५४ खि ल्हो अर्थात् कुकुर वर्गको सुरुवात, तमु ल्होसार, शेर्पा ल्होसार र सोनाम ल्होछारको अवसरमा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बैदेशिक रोजगारीका क्रममा कुर्दिस्तानमा रहेका नेपालीहरुको मिलन तथा मौलिक नेपाली परम्परा र संस्कृतिको बचाउ उद्देश्यले आयोजित कार्यक्रम कुर्दिस्तानको इर्बिल शहर स्थित होली नवरोज हलमा भएको थियो ।

विभिन्न सेलो गित, नृत्य, हांस्यव्यंग्य प्रस्तुती सहित नेपाली परिकारको समेत राखिएको कार्यक्रममा उपस्थित नेपालीहरुलाई आयोजकले निशुल्क यातायातको व्यवस्था मिलाएको थियो ।

कार्यक्रमको सञ्चालन सञ्जिव कुमार लामाले गरेका थिए भने सलाम सिं लामा कार्यक्रमको सभापती रहेका थिए ।

गैर आवासिय नेपाली संघ इराकका युवा संयोजक प्रेम कुमार क्षेत्री अतिथि रहेको कार्यक्रम सफल पार्न सघाउने सबैलाई प्रवासी नेपाली एकता समाज कुर्दिस्तानका अध्यक्ष नविन कुमार लामाले धन्यवाद व्यक्त गर्नुभयो ।

19.12¡ÆC