काठमाडौं ।
सम्पन्न प्रतिनिधिसभा निर्वाचन मतगणनामा सबैभन्दा विवादीत बनेको र धाँधली भएको ठानिएको बिजयकुमार गच्छद्धारको क्षेत्रको उजुरीमा सर्वोच्च अदालतले मतपत्र उपलब्ध गराउन आदेश दिएका छ ।
नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री समेत रहेका विजयकुमार गच्छादारलाई छलफलमा समेत बोलाएको अदालतले नेकपा एमालेकी नेतृ भगवती चौधरीले हालेको रिटमा पहिलो सुनुवाई गर्दै गच्छादार, निर्वाचन आयोग र अन्यलाई छलफलमा बोलाएको हो ।
प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ५ जना न्यायाधीशको संवैधानिक इजलाशले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश गरेको हो ।
सर्वोच्चले निर्वाचनमा धाँधली भएको भनी परेको निवेदनमा कारणसहित लिखित जावफ पेश गर्न सबै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
नेपाली कांग्रेसका नेता गच्छादारले मतगणनामा धाँधली गरेको भन्दै चौधरीले मंगलबार सर्वोच्चमा उजुरी दर्ता गराएकी थिइन् ।
मंसिर २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा पराजित भएकी चौधरीले पुनः मतगणना हुनुपर्ने माग गरेकी छन् ।
सर्वोच्चको संवैधानिक इजलासमा दर्ता गराइएको निवेदनमा नेतृ चौधरीले गच्छादारलाई विजयी गराउन मतपेटिकाको सिल तोडिएको र नक्कली मतपत्र प्रयोग भएको दाबी गरेकी छिन् ।
चौधरीको निवेदनमा मतपत्रका सक्कली मुचुल्काहरु मतगणना स्थलभन्दा बाहिर झाडीमा भेटिएको दाबी गरिएको छ ।
चौधरीको रिटमा गच्छदारका साथै निर्वाचन आयोग केन्द्रीय कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी र निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत टीकाभूषण घिमिरेलाई विपक्षी बनाइएको थियो ।
सुनसरी ३ को अन्तिम परिणाम अनुसार गच्छदार ३८ हजार ९ सय ७२ मतसहित विजयी भएका थिए भने नेतृ चौधरीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन् ।
20.12¡ÆC