गण्डक नहरमा पानी नआउँदा वारा, पर्साका किसान प्रभावित

पुस १२, २०७४ मा प्रकाशित | 1961 views

वीरगञ्ज ।

नारायाणी सिचाई आयोजना अन्तरगत गण्डक नहरमा पानी नआउँदा वारा, पर्सा, रौतहटका किसानहरु प्रभावित भएका छन् ।

गहुँमा सिचाई गर्ने बेला नहरमा पानी नआएपछि कृषकहरुले महंगो मुल्यमा पम्पसेटबाट पानी तानेर सिचाइ गर्न बाध्य भएको सवैठवाका रामबाबु चौरसियाले बताउनु भयो ।

नहरमा पानी नआएपछि पोखरीया नगरपालिकाका सतवरिया, बसनतपुर, कालिकामाई गाउपालिकाका बिरन्चीवर्वा, हरिहरपुर, भेडिहारी, मुडली, प्रशुरामपुर, पकहामैनपुर गाउपालिकाको लहावरथकरी, सबैठवा, पकहामैनपुर लगायत दर्जनौ क्षेत्रका कृषकहरु नहरमा पानी नआएपछि मारमा परेको  पर्सा टिनडोबियाका कृषक राजाक राउत गदीले बताउनु भयो ।

नहरको मर्मत सुधारका लागि आवश्यक काम भई रहेकोले पानी छाडन ढिला भएको नारायणी सिंचाई परियोजनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web