काठमाडौं । मुलुक संघीय प्रणालीमा गएसँगै ७ प्रदेशमध्ये कुन समृद्ध र गरिब छन् भनेर लेखाजोखा सुरु भएको छ । समृद्धि र गरिबीका आधारमध्ये मुलुकभित्रमा खानीको आधार विश्लेषण गर्दा केन्द्रीय राजधानीसमेत रहेको प्रदेश ३ समृद्ध देखिएको छ । खानी विभागले दिएको तथ्यांक र उद्योग मन्त्रालयले सार्वजनिक गरेको विभिन्न वर्षको वार्षिक प्रतिवेदनअनुसार सातवटा प्रदेशमध्ये उत्खनन भइरहेको खनिज पदार्थ र खनिज पदार्थ रहेको वा नरहेको विषयमा गरिएका विभिन्न अध्ययनलाई आधार मान्दा प्रदेश २ सबैभन्दा गरिब देखिएको छ ।

खानी तथा भूगर्भ विभागले दिएको जानकारीअनुसार अहिलेसम्म मुलुकभित्र १ सय २८ ठाउँमा खनिज पदार्थ उत्खनन भएको छ । यसरी उत्खनन भएका खानीहरूमध्ये चुनढुंगाको संख्या धेरै छ ।

उत्खनन गरिएका खानीहरू स्थानका हिसाबले सबैभन्दा धेरै प्रदेश ३ मा छन् । प्रदेश २ का कुनै पनि स्थानमा खनिज पदार्थ उत्खनन भएको छैन । उत्खनन भएका खनिजमध्ये प्रदेश १ मा आठ स्थानमा खनिज उत्खनन भएको छ । जसमा पाँच ठाउँमा चुनढुंगा, दुई ठाउँमा रातोमाटो र एक ठाउँमा स्फटिकको उत्खनन भएको छ ।

त्यस्तै, सबैभन्दा बढी प्रदेश ३ मा ४५ स्थानमा खनिज उत्खनन भइरहेको छ । धादिङमा एक ठाउँमा डोलोमाइट, दुई ठाउँमा फलाम, एक ठाउँमा सिसा, २२ ठाउँमा चुुनढुंगा, एक ठाउँमा म्याग्नेसाइट, तीन ठाउँमा मार्बल, नौ ठाउँमा क्वार्टजित नामक धातु उत्खनन भइरहेको छ । चुनढुंगाजस्तै टल्क धातुको पनि प्रदेश ३ मा पाँच ठाउँमा उत्खनन भइरहेको छ ।यसरी उत्खनन भइरहेका खानीमध्ये प्रदेश ४ मा सात ठाउँ, प्रदेश ५ मा ३६ ठाउँ र प्रदेश ६ मा २५ स्थानमा खानी उत्खनन भइरहेको विभागले जनाएको छ । प्रदेश ७ मा आठ ठाउँमा खनिज उत्खनन भइरहेको छ ।

प्रदेश नं. उत्खनन सुरु भइसकेका अध्ययन सुरु/स्वीकृति पाएका

प्रदेश १ ८ ३७

प्रदेश २ ० २

प्रदेश ३ ४५ १६१

प्रदेश ४ ७ २१

प्रदेश ५ ३६ ९९

प्रदेश ६ २५ २३

प्रदेश ७ ८ २२

विभागको स्वीकृतिमा विभिन्न कम्पनी एवं संस्थाले गरेको अध्ययनले मंगलबारसम्म मुलुकभर ३ सय ६५ स्थानमा खानी भेटिएको छ । यो अध्ययनका लागि अनुमति माग्ने कम्पनीको संख्या बढिरहेकोे विभागले जनाएको छ । विभागका सिनियर डिभिजन इन्जिनियर कृष्णदेव झाले विभागले अध्ययनका लागि जहिले पनि अनुमति दिन सक्ने भन्दै यो संख्या दैनिक बदलिन सक्ने जानकारी दिए, सुदर्शन अर्यालले राजधानी दैनिकमा खबर लेखेका छन् ।

22.12¡ÆC