जनकपुरमा दाइजोको निहुँमा यातना र बलात्कार पछि हत्या गर्नेमाथि कडा कारवाहीको माग

पुस ११, २०७४ मा प्रकाशित | 2951 views

जनकपुर ।

गत महिना जनकपुर उपमहानगरपालिका वडा नंं २ को किशोरी नगरमा वलत्कार पछि हत्या गरिएकी महिलाका आफन्त तथा अन्य महिलाहरुले दोषि माथि कडा कारवाहीको माग गरेका छन् ।

आफ्ना छोरी २२ वर्षकी रञ्जना शर्मालाई मोटरसाईकलका लागि पटक पटक यातना दिने गरेको र सशुराले शुरु देखि नै शारिरीक यातना दिने गरेको भन्दै मृतकका आमा प्रभादेवी ठाकुर तथा बुबा रामनारायण ठाकुरले दोषि माथि कारवाही गराए आफूलाई न्याय दिलाई दिनका लागि पनि आज जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत आग्रह गर्नु भएको छ ।

मंसि ८ गते राति पति आनन्द मोहन शर्मा, जेठान अरविन्द कुमार शर्मा, शशुरा देवनारायण ठाकुर, जेठानी रिंन्कु कुमारी शर्मा तथा शाशु सुमित्रा देवी समेतले ढढं मिलेर आफ्नो छोरीको पाता फर्काई हत्या गरेको दुवै नाक, कामवाट रगत आएको तथा घाटी थिचिएको तथा योनीवाट पिसाव पनि बाहिर आएको पोष्टमार्टम रिपोर्टमा समेत आएकाले दोषि माथि कारवाहीको माग गरेका छन् ।

स्थानीय बाँसीहरुले पनि हत्या गरिएकी बुहारीलाई पटक पटक यातना दिएको आफूहरुले पनि मृतकवाट थाहा पाउने गरेको बताउदै हत्या गरिएका दिन पछि मृतक संगै एक हजार रकम लिएर शशुराले सोही दिन साझ दुई किलो कुखुराको माशु तथा रक्सी खरिद गरेर खाएको बताउदै दोषि माथि कारवाही नभए आफूहरु पनि आन्दोलनमा उत्रने स्थानीय बाँसी आशा ठाकुरले बताउनु भयो ।

गत वर्ष मंसिर २७ गते १५ लाख दाईजो दिएर छोरीको विवाह गरेको बताउदै छोरीको हत्या भएको खवर पाएपछि कतारवाट स्वदेश फर्केका बुबा रामानारायण ठाकुरले घटनामलाई ढाक छोप गर्ने काम भएको बताउदै न्यायिक छानविनको माग पनि गर्नु भएको छ । सो हत्यामा संलग्न भएका मध्ये दुई जना माथि मात्र प्रहरीले कारवाही अगाडी बढाएको र अरु तीन जनालाई उन्मुक्ति दिएर अन्याय गरेको बताउनु भयो ।

वि एस्सी नर्सिङ्ग तेश्रो वर्षमा छात्रबृत्तिमा अध्ययनरत रहेकी छोरीलाई अध्ययनका लागि पनि आफूहरुले नै खर्च दिने गरेको बताउदै हत्यापछि छोरीको दाह संस्कार तथा क्रिया कर्म पनि नगर्नुले पनि उनीहरु मिलेर नै हत्या गरेको प्रस्ट भएको छ भन्दै प्रहरी तथा सरकारी वकिलले कल डिटेल्स पनि नहेर दोषिलाई उन्मुक्ति दिने काम गरेको बताउनु भयो ।

१६ दिने महिला हिंसा विरुद्धको अभियान शुरु भएको पहिलो दिनमा नै रञ्जनाको हत्या भएको थियो । स्थानीय महिला अधिकारकर्मी मृतकका छिमेकीहरु पनि उपस्थित भएर दोषि माथि कडा कारवाहीको माग पत्रकार सम्मेलनमा नै गरेका थिए । धनुषा जिल्ला अदालतले ६५ वर्षका शशुरा देवनारायण ठाकुरलाई जिल्ला अदालतले पूर्व पक्षका लाथि थुनामा पठाएका छन् ।

हंसपुर नगरपालिकाका उपप्रमुख तथा महिला अधिकारकर्मी रेणु झाले दोषि माथि कडा कारवाहीको माग गर्दै यसमा संलग्न भएका कुनै पनि दोषि उम्कन नहुने पनि बताउनु भयो ।

नेपाली काँग्रेस धनुषाका सभापति तथा प्रदेशसभा सदस्य रामसरोज यादवको नेतृत्वमा गएको टोलीले रञ्जना शर्माको हत्याको राम्रो संग अनुसन्धानको माग गर्दै प्रदेश नंं २ को प्रहरी प्रमुख विजयलाल कायस्थलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web